निकै तल्लो स्तरका शब्द प्रयोग गरेर भने 'आङकाजी' ले "जिब्रो थुतेर अनि आँखा निकालेर गुच्छा खेल्न नपरोस’


                 भुइँको टिप्न खोज्दा पोल्टाको खस्छ भन्ने उखान नेकपा एमालेका उपाध्यक्ष अशोक राई र पोलिटब्युरो सदस्यहरु पृथ्वी सुब्बा गुरुङ र बिजय सुब्बा लगायत नेताका हकमा लागू भएको एमालेवृत्तमा
चर्चा चल्न थालेको छ ।मधेसमा दुई राज्य र पहाडमा एकल जातीय पहिचानका आधारमा राज्य नभए एमालेका ३५ केन्द्रीय सदस्यसहित बाहिरिने चेतावनी दिएका थिए अशोक राईले । तर अन्य दलका जनजातीलाई पनि समेटेर छुट्टै पार्टी बनाउने महत्वकांक्षा उनमा बढेपछि आफ्नै खल्तीमा रहेका २६ मधेसी तथा जनजाती नेताहरुले अशोकको साथ छाडेको सोमबारको साँघु साप्ताहिकले छापेको छ । पछिल्लो स्थायी समिति वैठकमा उनले पार्टी छाड्न लागेका ३५ जना केन्द्रीय सदस्यको सूची पनि पेश गरेका थिए ।
तर, जारी केन्द्रीय समितिसम्म आइपुग्दा त्यो सूचीमा रहेका २६ जनाले पार्टी एकताको पक्षमा वकालत गर्न थालेको समाचारमा उल्लेख छ । राईले राजीनामा पत्रमा उल्लेख गरेकामध्ये अष्ठलक्ष्मी शाक्य, थममाया थापा,नागेन्द्र चौधरी, श्रीमाया थकाली, केन्द्रीय सदस्यहरु कृष्णगोपला श्रेष्ठ, तुलबहादुर गुरुङ, परशुराम मेघी गुरुङ, बिनोद श्रेष्ठ, कमलप्रकाश सुनुवार, गोकुल घर्ती, जीवनराम श्रेष्ठ, बिषमलाल अधिकारी दनुवार, बैद्यनाथ चौधरी लगायतले जातीय कुरा उठाएर कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन नहुने बताएका छन् । यसअघि राईले आदिवासी, जनजाति, मधेसी, महिला र दलितलाई समेत लिएर अर्को पार्टी बनाउने र एमलेलाई बाहुन क्षेत्रीको पार्टीका रुपमा सिमित गरिदिने चेतावनी दिएका थिए ।
आङ्काजीले जिब्रो थुतेर आँखा निकालिदिने
पत्रकारमाथि सार्वजनिकरुपमा कुटन र संचारगृहमाथि आगो लगाउन आह्वान गर्ने अराजक छवि बनाएका जनजाति महासंघका महासचिव आङकाजी शेर्पा यतिखेर आफ्नै समुदायका नेताहरुबिरुद्ध खनिन थालेका छन् । त्यो पनि निकै तल्लो स्तरका शब्द प्रयोग गरेर । उनले प्रेस बिज्ञप्ति, एसएमएस र फेसबुक स्टाटसबाट कांग्रेस एमालेबाट बिद्रोह नगर्ने नेताहरुको नामै किटेर आँखा झिकिदिने र जिब्रो निकालिदिने धम्की दिएका छन् ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठ, कांग्रेस महामन्त्री प्रकाशमान सिंह र कांग्रेसका पुराना नेता भिमबहादुर तामाङ लगायतको नामै लिएर उनले ‘तिमीहरुको आँखा निकालेर गुच्छा खेल्न नपरोस’ भन्ने चेतावनी दिएको साँघु साप्ताहिकले नै छापेको छ ।
उनले फेसबुक स्टाटसमा पनि उल्लेखित नेताहरुलाई बाहुनको हनुमान भन्दै जिब्रो थुत्नेसम्मको चेतावनी दिएका छन् ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको