काठमाडौंको जोरपाटीमा ट्याङ्करको ठक्कर बाट मोटरसाइकलमा सवार युवतीको मृत्यु
- कतिखेर काहा के हुन्छ कसलाई के थाहा |
- SLC मा पास भएको खुसियालीमा आफ्नो काकालाई मिठाई बाड्न, दाजु संग हिडेकी १६ बर्षिय अमृता तामाङ को खुशी कति छिटो दैबले लुट्यो , एकातिर बाट जीप अनि अर्कोतिर बाट पनि बोक्ने ट्याङ्कर आयो ,अनि मोटर साइकल बीचमा पर्यो , ढल्ला ढल्ला जस्तो भयो मोटर साइकल एकैछिन मा ढलिहल्यो तर दाजु अर्कोतिर ढले बहिनि चाहि ट्याङ्कर भएतिर ठोक्किन पुगिन अनि ट्याङ्कर ले जानाजानी टाउकोमा ताकेर किचिदियो,गिधि सबै छल्बलियो, त्यो देखेपछी दाजु पागल झैँ भएर कराउन थाले अनि बहिनीलाई काधमा हाली ट्याङ्कर को सबै सिसा हातले हानेर फोडीदिए, अनि एकछिन पछी आक्रोसित स्थानीय बासिन्दाले त्यो ट्याङ्कर मा आगो लगाइदिए |......... प्रतक्ष्य देखने व्यक्तिको भनाइ हो यो ...............
काठमाडौंको जोरपाटीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिंदा मोटर साइकलमा सवार युवतीको मृत्यु भएको छ । जथाभावी हुँकिएको ट्यांकरको ठक्करबाट मोटरसाइकको पछाडि बसेकी अमृता तामाङको मृत्यु भएको हो । एसएलसी पास भएको खुशीयालीमा आफन्तहरुलाई मिठाई बाँडेर आफ्ना दाजूसंग मोटरसाइकलको पछाडि बसेर गईरहेकी अमृताको ट्याङ्करको ठक्करबाट मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका अमृताका दाजूको साँखुस्थित शंखरापुर अस्पतालमा उपचार भईरहेको छ । घटनापछि आक्रोशित स्थानीय वासिन्दाले ट्यांकर जलाई दिएका छन् भने दुइ वटा माइक्रो वस र दुइ वटा बसमा तोडफोड समेत गरेका छन् । घटनापछि जोरपाटी क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । प्रहरीले आक्रोशित भीडलाई पन्छाउन लाठी चार्ज समेत गर्नुपरेको थियो । दक्षिण ढोकाबाट बौद्धतर्फ जाँदै गरेको बा. १ ख ५०३५ नम्बरको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा बा. ३५ प. ६०१३ नम्बरको मोटरसाइकलमा सवार १६ वर्षीय युवति अमृता तामाङको घटनास्थलमै मृत्यु भएको बौद्ध प्रहरीले जनाएको छ ।
0 comments