७८ पूर्वसभासदको ज्ञापनपत्र
कांग्रेसका ७८ पूर्वसभासदले संविधानसभा पुनःस्थापनालाई पार्टी एजेन्डा
बनाउन सभापति सुशील कोइरालालाई ज्ञापनपत्र दिएका छन् । उनीहरूले बिहीबार
कोइरालालाई सामूहिक रूपमा भेटी संविधान निर्माण गरी मुलुकको राजनीतिक संकट र
संक्रमणकाल अन्त्य गर्न संविधानसभा पुनःस्थापना विकल्प नरहेको भन्दै
ज्ञापनपत्र दिएका हुन् । नयाँ चुनाव गराउने स्थिति नै नरहेका बेला
संविधानसभा पुनःस्थापनालाई एजेन्डा बनाएर अरू पार्टीको सहमतिका लागि
नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको पूर्वसभासद मोहन पाण्डेले
जानकारी दिए ।पाण्डेले
भने 'हामीले पार्टीले संविधानसभा पुनःस्थापनालाई पार्टीको
आधिकारिक एजेन्डा बनाएर अघि बढ्न आग्रह गरेका छौं, मुलुकमा संकट समाधान गरी
संविधान निर्माण गर्न र संक्रमणकालको अन्त्य गर्न संविधानसभाको
पुनःस्थापनाबाहेक अर्को विकल्प छैन भनेर ज्ञापनपत्र दिएका हौं'
0 comments