पूर्व राजपरिवारको सम्पत्ति जसरी पनि खोजविन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राजपरिवारका सदस्यहरूको
सम्पत्ति खोजविनको कामलाई तदारुकताका साथ अगाडि बढाउन नेपाल ट्रष्टको
कार्यालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल ट्रष्टको आर्थिक वर्ष २०६७/२०६८ को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले पूर्व राजपरिवारको नाममा संसारका जुनसुकै स्थानमा रहेका सम्पत्ति राज्यको भएकाले त्यसलाई व्यवस्थितरुपमा खोजविन गरी संस्थागत गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीले भावी सन्ततिका लागि पनि त्यो सम्पत्ति साँस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहने भएकाले त्यसको जगेर्ना गर्न निर्देशन दिनुभएको नेपाल ट्रष्टका सचिव श्रीधर गौतमले जानकारी दिनुभयो ।
ट्रष्टअन्तर्गत रहेका सम्पत्तिहरूलाई आर्थिक उपार्जनको काममा लगाएर त्यसबाट आर्थिक विकास तथा बेरोजगार युवालाई रोजगारी दिनुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिनुभएको थियो ।
प्रधानमन्त्रीले पूर्व राजपरिवारको स्वदेश तथा विदेशका विभिन्न बैंकहरूमा रहेको नगद तथा स्वदेश तथा विदेशमा रहेका अन्य भौतिक सम्पत्तिको समेत तत्काल खोजविन गर्न निर्देशन दिनुभएकामा आफूहरुले त्यस कार्यमा इमान्दारिताका साथ लागिरहेको जानकारी गराएको प्रतिवेदन बुझाएपछि सचिव गौतमले जानकारी दिनुभयो ।
सो अवसरमा ट्रष्टको तर्फबाट आफूले ट्रष्टको ऐन समय सापेक्ष बनाउन पहल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेको र प्रधानमन्त्री त्यसका लागि सकारात्मक रहेको समेत सचिव गौतमले जानकारी दिनुभयो ।
ट्रष्टअन्तर्गत चारजना सञ्चालकहरू अझैसम्म पनि पूर्ति हुन नसकेको समेत ट्रष्टका तर्फबाट सचिव गौतमले जानकारी गराउनुभएको थियो ।
यसैगरी पूर्व राजा तथा राजपरिवारको सदस्यहरूको सम्पत्ति खोज्नका लागि सहयोग गर्ने स्थानीय जनता र जानकारहरूलाई सम्पत्तिको बारेमा जानकारी दिँदा त्यसबापत दिइने भनिएको प्रोत्साहनमा पनि प्रष्टताको आवश्यकता रहेकामा त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।
प्रतिवेदनमा ट्रष्टले आर्थिक वर्ष २०६७/६८ मा गरेका काम कारबाहीको विवरण समेटिएको छ । रासस

0 comments