साईकल नपाएपछि श्रीमतीको हत्या

दाईजोमा दिने कबोल गरिएको साईकल नपाएपछि बारा कुडवा ७ निवासी पुनम साहको हत्या भएको छ । २०६६ सालमा सामाजिक परम्पराअनुसार रामलाल साहसँग विवाह गरेकी पुनमको श्रीमान र ससुरा गणेश साह मिलेर हत्या गरेको उनका माइती पक्षले आरोप लगाएका छन् ।
जल्लाको दहियार १ मलहनी माईती भएकी पुनमका बाबु बैद्यनाथ साहले दाईजोमा साईकल दिने भनिएपनि दिन नसक्दा छोरीको हत्या गरिएको जानकारी गराएका छन् ।
साईकलसँगै दाईजोस्वरुप दिने भनिएको नगद ३० हजार रुपैयाँ दिन नसक्दा छोरी पुनमलाई श्रीमान र ससुराले मिलेर कुट्ने, शारिरीक र मानसिक यातना दिने गरेको बैद्यले बताएका छन् ।
यसअघि पनि रामलालले धर्मपुर निवासी लालमती साहसँग विवाह गरेको र उनको आठ बषिर्य छोरो रहेको छ । लालमतीको पनि दाईजोकै कारण हत्या गरिएको खबर आजको राजधानी दैनिकले छापेको छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको