अस्पतालमै बच्चा साटियो
बच्चा साटिएपछि बीपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठानमा शुक्रबार तनाव उत्पन्न भएको छ । प्रतिष्ठानमा प्रसुति
सेवा लिएका दुई महिलाले जन्माएका शिशु साटिएपछि तनाव उत्पन्न भएको हो ।
प्रसूति वार्डमा भर्ना भएकी उदयपुर रामपुर
ठोक्किला गाविसकी गोमा थापामगरले छोरी र धरान १७ की शर्मिला राईले छोरो
जन्माएका थिए । तर, आफन्तलाई शिशु जिम्मा लगाउने बेलामा चिकित्सकले गोमाकी
छोरी शर्मिलालाई र शर्मिलाको छोरा गोमालाई दिएपछि आफन्तहरु आक्रोसित भएको
खबर आजको अन्नपूर्ण ािेष्ट दैनिकले छापेको छ ।चिकित्सकले लापरबाही गरेकेा भन्दै दुबै
सुत्केरीका आफन्तले विहान ४ बजे प्रतिष्ठानमा प्रदर्शन गरेका थिए । गोमाकी
काकी सासू भीमाले अर्काको बच्चा लान कसैलाई मन नलाग्ने भन्दै, चिकित्सकको
व्यवहार देखेर छक्क परेको बताईन् । यता शर्मिलाका श्रीमान रोसनले पनि
चिकित्सकहरुले लापरबाही गर्दा आफ्नो बच्चा झण्डै गुमेको बताएका छन् ।
जन्मने वित्तिकै छोरा जन्मियो भनेका थिए पछि छोरी ल्याएर दिए भन्दै रोसनले
पहिले जानकारी नदिएको भए आफ्नो सन्तान गुमेको गुनासो गरे ।तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रण
बाहिर जाने भयले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
0 comments