नायिका केसीले सेक्सलाई भोकसंग तुलना गर्छिन


कसैको घरको कुनै प्वाल चिहाएर हेर्नु भएको छ ?
- अहिलेसम्म चिहाएको छैन । मलाई अर्काको चियोचर्चो गर्न मन पर्दैन ।

ट्वाइलेटमा बस्दा के सोच्नुहुन्छ ?
- म ट्वाइलेटमा बस्दा मेरो बारेमा अरुले किन नराम्रो कुरा काट्छन् भनेर सोच्छु  । बिशेषत पत्रकारहरुले मेरो बारेमा धेरै नराम्रो नभएका कुराहरु छापेका छन् । मेरो बदनाम गर्न खोजेका छन् । त्यसैले यी पत्रकारहरुले किन मेरो वारेमा नराम्रो छापिरहेका होलान् ? मैले उनीहरुको के बिगारेको छु ? भन्ने सोच्छु । खासमा म यस्तै यस्तै कुराले डिप्रेसनमा छु ।

कुनै युवकसंग भेट हुंदा सबैभन्दा पहिले कुन अंगमा आँखा जान्छ ?
- सबैभन्दा पहिले त अनुहारमै आँखा जान्छ ।

युवकको कुन कुराले तपाईलाई आर्कर्षित गर्छ ?
- बोलीले किनभने त्यो व्यक्ति कस्तो प्रकारको हो भन्ने कुरा बोलीबाट धेरै हदसम्म थाहा पाउन सकिन्छ ।

अहिले भर्खरै कसैलाई किस गर्नुपर्‍यो भने कसलाई गर्नु हुन्छ ?
- नो कमेन्ट ।

तपाईलाई कुन परिकार सबैभन्दा बढि मिठो बनाउन आउछ ?
- मैले टमाटरको अचार धेरै मिठो बनाउछु । तिल राखेको टमाटरको अचार धेरै मन पर्छ मलाई ।

अवको प्रधानमन्त्री बन्न लायक को छ ?
- राजनीतीमा त्यति चासो राख्दिन त्यसैले थाहा भएन ।

यदी तपाई अवको प्रधानमन्त्री बन्नु भयो भने सबैभन्दा पहिले के गर्नुहुन्छ ?
- सबैभन्दा पहिले राजीनामा दिन्छु किनकी मलाई राजनीती मन पर्देन । म राजनीतीलाई घृणा गर्छु ।

तपाईको बुझाईमा सेक्स के हो जस्तो लाग्छ ?
- मैले सेक्सलाई भोक संग तुलना गर्छु जसलाई भोक लाग्छ उसले गर्छ ।

सेक्सको अनुभव ?
- नो कमेन्ट

आफ्नो अनुहार कस्तो लाग्छ ?
- ठिकै लाग्छ नराम्री पनि छैन धेरै राम्री पनि छैन । आफुलाई ठिकै छु ।

तपाईलाई यो दुनियाँमा सबैभन्दा सेक्सी को लाग्छ ?
- कृष्ण भगवानकी पत्नी राधिका ।

-मानवमा को लाग्छ नी  ?
- मानवको सन्दर्भमा त मैले सोचेकै छैन ।

मानिलिउ तपाई झुक्किएर पुरुषको शौचालयमा छिर्नुभयो अनि भित्र रहेका सबै पुरुषहरु आत्तिदै तपाई भए तिरै आए भने के गर्नुहुन्छ ?
- सरी भनेर बाहिर निस्कन्छु ।











Filmykhabar.com

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको