लागूऔषध नियन्त्रणको अभियानमा मेरो सक्रिय भूमिका रहने छ:[राजेश हमाल]
लागूऔषध विरुद्धको राष्ट्रिय अभियानमा महानायक राजेश हमालले सक्रिय भूमिका निर्वाह गर्ने भएका छन् । काठामाडौंको पश्चिम भेगमा दिनानुदिन बढ्दै गएको लागूऔषध सेवन कर्ता र बेचविखनलाई मध्यनजर गरी सामुदायिक सेवा मञ्च स्वयम्भु र सामुदायिक प्रहरी सेवा स्वयम्भुले संयुक्त रुपमा सञ्चालन गर्ने लागू औषध विरुद्धको राष्ट्रिय अभियानमा महानायक राजेश हमालले सक्रिय भूमिका निर्वाह गर्ने भएका हुन् ।विजेश्वरीको होटलमा भएको लागूऔषध विरुद्धको राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै महानायक राजेश हमालले भने- लागू औषधले एउटा मानव जीवन मात्रै होईन एउटा घर बर्बाद हुन्छ, समाज र देश बर्बाद हुन्छ यस्तो विनाशकारी पदार्थ लागूऔषध नियन्त्रणको अभियानमा मेरो सक्रिय भूमिका रहने छ ।अनलाइन खबर डट कम् ले यो समाचार प्रकाशित गरेको छ



0 comments