मादक पदार्थ सेवन विरुद्धको अभियान " तीन करोड ४४ लाख ९१ हजार राजस्व असुली"


       महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन ( मापसे ) विरुद्धको अभियान प्रारम्भ गरेपछि जरिवानावापत् असार मसान्तसम्ममा रु तीन करोड ४४ लाख ९१ हजार राजस्व असुली गरेको छ । सो महाशाखाले २०६८ मङ्सिर १७ गतेदेखि उक्त अभियान आरम्भ गरेपछि सवारी दुर्घटनामा कमी आएको जनाएको छ ।
          उक्त अवधिमा ३९ हजार ६६६ सवारी साधन कारबाहीमा परेकामध्ये ३४ हजार ४९१ सवारी साधनबाट मात्र राजस्व असुली भएको बताइएको छ । मापसे विरुद्धको अभियानअन्तर्गत ट्राफिक प्रहरीले मङ्सिरमा ५९७, पुसमा एक हजार ३२१, माघमा दुई हजार ८०८, फागुनमा पाँच हजार ९९१, चैतमा छ हजार ५६४, वैशाखमा पाँच हजार ४१४, जेठमा ५ हजार ४५ र असारमा पाँच हजार ७५१ वटा सवारी साधनका सवारी चालक कारबाहीमा परी राजस्व दालिखा गर्न आएको महाशाखाले जनाएको छ ।सवारी दुर्घटनामा कमी ल्याउनका लागि मादक पदार्थ सेवन विरुद्धको अभियानलाई अझ अनुशासित, प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गरिनु पर्छ भत्रे आमजनताको धारणा रहेको पाइन्छ ।
मादक पदार्थ सेवन गरेर जुनसुकै सवारी साधन चलाएको पाइएमा ट्राफिक प्रहरीले प्रति सवारीचालकलाई रु एक हजार जरिवाना गर्ने गरेको छ । यो अभियान सुरु गरिएपछि सवारीचालकहरूमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु हुँदैन भत्रे चेतनामा अभिवृद्धि हुँदै गएको पाइएको छ ।

,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको