दुव्यवहारविरुद्ध उजुरी

ठिमीका प्रहरी नायब उपरिक्षक राजन अधिकारीले यस्ता उजुरी कम पर्ने गरेको बताए । ‘गन्तव्य पुग्ने हतारो, उजुरी गर्दा आफै अपहेलित भइएला भन्ने भयले प्रहरीसम्म आउने थोरै देखिएका हुन्,’ अधिकारीले भने, ‘कतिपय चालक परिचालक, यात्रुहरुमा यस्ता कार्य दुर्व्यवहार हुन् भन्ने ज्ञानको कमी पाइन्छ ।’ विभिन्न अनुसन्धानले सार्वजनिक यातायात महिला मैत्री हुन नसकेको, युवावस्थाका महिला बढी दुर्व्यवहारको सिकार हुनु परेको देखाएको छ । सवारीमा नग्न महिलाका तस्बिर तथा अश्लिल सन्देश राख्नु पनि दुर्व्यवहार भएको प्रहरीको भनाइ छ ।
अभियान तीन चरणमा चल्नेछ । पहिलो चरणमा अभिमुखीकरण, दोश्रो चेतनामूलक प्रचार-प्रसार र तेश्रो कानुन कार्यान्वयन हुने अधिकारीले बताए । दोश्रो चरणको जनचेतनामूलक प्रचार-प्रसार शुक्रबारदेखि सुरु गरेको छ । सार्वजनिक सवारी साधन र यात्रु प्रतीक्षालयमा लैङ्गकि मैत्री यातायात सेवा बनाउने विषयको स्टिकस, सवारी साधनमा तुल झुण्डयाउने भएको छ । कार्यक्रम सफल पार्न बृतका सई लेखनाथ आचार्यले दोहोरी गीतको रचना गरेका छन् । जनचेतनामूलक कार्यक्रम आइतबारसम्म चल्ने अधिकारीले बताए ।
तेश्रो चरणको कानुन कार्यान्वयन गर्न अरनिको राजमार्ग र पेप्सिकोला दुवाकोट जाने बाटोमा २/२ ठाउँमा गुनासो सुन्ने डेक्स राखिने छ । निगरानीका लागि सवारीमा सादा पोशाकका महिला जुनियर प्रहरी अधिकृत खटाइने छ । ‘दुव्र्यवहार भएको देखेमा पीडकलाई अन द स्पट कमप्लेन हयाण्डलिङ्ग डेस्कको जिम्मा लगाउने र गल्ति जानकारी तथा महसुस गराउने अधिकारीले बताए । उनले भने, ‘गल्तिको प्रकृति अनुसार कारवाही हुन्छ ।’ सचेतनाका लागि प्रहरीले तयार गरेकेा
पर्चामा ‘सावधान महिलाउपर दुव्र्यवहार गर्दै हुनु हुन्छ भने तपाई सादा पोशाक प्रहरीको निगरानीमा हुनुहुन्छ’ लेखिएको छ । ‘महिलामाथि जानीजानी स्पर्ष गर्ने, संवेदनसील अंगमा छुने, अस्लिल शब्द प्रयोग गर्नु अपराध हो’ लगायत स्लगन सवारीमा राखिने छ । अभियानलाई मध्यपुर यातायात सद्भाव समिति, नयाँबाटो मिनिवस सद्भाव समिति, मध्य उपत्यका यातायात व्यवसायी संघ, पशुपति सार्वजनिक माइक्रोबस समिति र भक्तपुर मिनिबस समिति भक्तपुरले सहयोग गरेका छन । प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले यस्ता कार्यक्रम भक्तपुरमा मात्रै नभई उपत्यकाको तीनै जिल्लामा लागू गर्नु पर्ने बताए ।
ekantipur.com
0 comments