२४ गतेको उपत्यका बन्दलाई सारेर भदौं–२७ गते नेपाल बन्द
पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विपक्षी दलसम्वद्ध १७ विद्यार्थी तथा युवा संगठनले २४ गतेको उपत्यका बन्द फिर्ता लिएका छन् । नौ विद्यार्थी संगठनको काठमाडौंमा बसेको बैठकले भदौं–२४ गतेको उपत्यका बन्दलाई सारेर भदौं–२७ गते नेपाल बन्द गर्ने निर्णय गरेका छन् । नेविसंघका प्रवक्ता युपी लामिछानेका अनुसार २४ गते वीपी जयन्ती र एमए प्रथम बर्षको परीक्षा भएकाले बन्दको कार्यक्रममा हेरफेर भएको हो ।यद्यपी विद्यार्थी संगठनहरुले भदौ–२७ गते उपत्यका बन्दको साटो नेपाल बन्दको कार्यक्रम तय गरेका छन् ।
बैठकले २४ गते नेपाल आयल निगम घेराउ गर्ने, २५ गते प्रधानमन्त्रीको पुत्ला जलाउने, २६ गते मुलुक भरि मसाल जुलुस गर्ने कार्यक्रम तय गरेको प्रवक्ता लामिछानेले बताए ।पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको निर्णय फिर्ता गर्न दबाव दिन विद्यार्थी संगठनहरुले संघर्ष गर्दै आएका छन् ।
0 comments