माडीमा यातायात बन्द खुल्यो" धु्रवेको खोजी कार्य भईरहेपनि अझै फेला पार्न सकिएको छैन "

     माडीका स्र्थानीयबासीले गराएको माडीको यातायात बन्द खुलेको छ । बस्तीमा प्रवेश गर्ने जंगली हात्ती नियन्त्रणका लागि माथिल्लो निकायसम्म दबाब दिने आश्वासन पाएपछि यातायात खुलाउन स्थानीयबासिन्दा सहमत भएका हुन् । शनिबार राति कल्याणपुर गाविसमा जंगली हात्तीले ५ वटा घर भत्काएपछि कल्याणपुर गाविसका ३ वटा वडाका बासिन्दा फेरी विरोधमा उत्रिएका हुन् । उनीहरुले हात्ती आतंकको विरोधमा आज भरतपुर–माडी–ठोरी सडकखण्डमा सवारी चल्न दिएका थिएनन् । आतंक मच्चाउने ध्रु्रवे हात्ती नियन्त्रणमा लिनुपर्ने, भत्किएको घरको क्षतिपुर्ती पाउनुपर्नेलगायतका माग राखेर उनीहरुले यातायात बन्द गरेका थिए । यसैबीच जंगली हात्ती धु्रवेको खोजी कार्य भईरहेपनि अझै फेला पार्न सकिएको छैन । निकुञ्जका प्राविधिक, पशु चिकित्सक, निकुञ्जका सेना र प्रकृति संरक्षण कोषका कर्मचारी दिनरात खटेपनि कुनै उपलब्धि हात पार्न सकेका छैनन्  । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आतंंक मच्चाइरहेको जंगली हात्ती धु्रवेको नियन्त्रणमै केन्द्रित बन्न चितवन निकुञ्जलाई निर्देशन दिएको छ ।

,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको