धुर्बे हाती को काली लाइ 'प्रेम पत्र' [काली म भन्दा राम्रो धुर्बे खोजेर जिबन काट्नु है]


             काली तिमि काहा छौ भनि देउन .plz......... के मैले तिमीलाई साचो माया गर्नु हुदैनथ्यो हो? अनि किन तिमि मलाई छोडेर गकी त?के गल्ति गरेको थिए र मैले ? थाहा छ काली तिमि बिना म अहिले पानि बिनाको माछा झैँ तड्पिरहेको छु र भौतारिदै बौलाहा जस्तै कहिले काह पुग्छु कहिले काहा| तिमीलाई के थाहा तिम्रै कारणले अनि तिम्रै बिछोडमा मैले कति मान्छे को ज्यान लिन पुगे ,साना ठुला केहि नभनी मारे, पछिल्लो समय मा त तिम्रो र मेरो बिछोड भएको झोक म़ा मानीसका १ बुडाबुडी एउतै च्यान पारिदिए| यहा मेरो एस्तो हालत भैरहेको छ काली ,तिमीले पत्याउदिनौ होलि , तिम्रै लागि म़ पागलप्रेमी बनेको कुरा मान्छेहरुले पनि थाहा पाएछन,देश-विदेश का संचार मध्येमहरुले प्रमुख खबर  बनाएर पागलप्रेमी धुर्बे बहुलायो भनेर फुक्दै,छाप्दै हिडेका छन्| .plz.........काली मलाई यती धेरै नतद्पाउन ............
 एउटा कुरा थाहा छ तिमीलाई मैले मानिसहरु धेरै मारे भनेर तिनीहरुले मलाई मार्न कत्ति उपायेहरु अपनाई रहेकाछन रे ,तिमि जस्तै कत्ति केटीहरु मलाई फकाउन खटाइ रहेकाछन रे | तर म़ तेस्तो छैन अरुको पछि लाग्ने,........
बिर्सयौ काली तिमीले ति दिनहरु तिमि र म़ संगै पानि  छ्यापाछ्याप गरि लुकामारी खेलेका ति दिन,अनि तिमि बिरामी हुदा विभिन्न रुख को जरा अनि पातहरु पिधेर तिमि लाइ  खान दिदा तिमीले भनेका ति सब्द हरु ..........त्यति बेला त भन्थ्यौ त|,, धुर्बे तिमि मलाई कत्ति माया गर्छु है| मलाई सधै येसरी नै माया गरिराख है | तिमीले छाड्यौ भनेत म मर्छु होला,,,,,,, तर तिमि त ऋतु परिवर्तन भए झैँ परिवर्तन भैछौ ,......
तिमीले मलाई छाडेर काहा गयौ?आज म जिबन र मृत्यु को दोसाद मा छु , ठिकै छ काली तिमि मलाई माया गर या नगर तर म येति भन्न चाहान्छु कि तिमीलाई म  आफुलाई भन्दा पनि बडी माया गर्छु ,.......
                   काली तिमि त कस्तो मान्छे जस्तै स्वार्थी पो भएछयौ है,तिमीले येति छिटो भुलयौ है ति रातहरु? जुन रातहरुमा हामीले माया संगै मन अनि मुटु साटेका थियौ,,,मान्छे जस्तै स्वार्थी नबन न काली तिमि?,,,,,,,,,,मानीस हरुले तिमि जस्तै जति केटीहरु पठाए पनि मेरो मन तिम्रो जसरि परिवर्तन हुने छैन|,,अब केहि दिन मै तिम्ले मलाई सम्झेर म संग आयौ भने ठिकै छ काली संगै जिबन बितौला, र भेटिनौ भने पनि ठिकै छ भट्नु पर्दैन अब | .....
काली तिमि नै थियौ मेरो पहिलो प्रेम अनि तिमि नै हुनेछौ मेरो अन्तिम प्रेम पनि, र अब केहि दिन मै येही भनि मेरो प्राण पनि तिम्रै नाम मा अर्पण गर्नेछु | तर तिमि जाहा छौ जो संग छौ राम्रो संग बस, हसिखुसी जिबन बिताउनु |र कसैको भएकी छैनौ र मसंग आयौ भने आऊ म तिमीलाई स्विकार्नेछु ,आउदिनौ भने पनि ठिकै छ आउनु पर्दैन म भन्दा राम्रो धुर्बे खोजेर जिबन काट्नु ..................ल ,,त ...........एस जन्म मा भेट भएन भने अर्को जन्म मा चै म तिम्रै भएर जन्मिनेछु.......Bye Bye .........काली ...................अलबिदा ,,,,,,,,,,,||||||||||||||||

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको