नेपाली मोबाइल एप्लिकेसन

                  मोबाइल फोन अहिले आम सर्वसाधारणको पहुँचमा पुगेको छ। मोबाइलले आममानिसको जीवनशैली परिवर्तन गरेको छ। मोबाइल प्रविधिको  अहिलेको बढ्दो विकास हेर्दा लाग्छ, कुनै दिन मानिसले कल्पनासमेत नगरेका कुरा यसले सम्भव बनाइदिनेछ। हाई टेक आइफोन, एन्ड्रोइड  फोन, विन्डोज फोन, ब्लाकबेरीजस्ता स्मार्ट फोनले यो सम्भव बनाउँदैछ। यसो हुनुमा यसमा प्रयोग गर्न मिल्ने मोबाइल एप्लिकेसन पनि प्रमुख  कारण हो। विदेशी एपहरूसँगै नेपालमा पनि यस्ता एपहरू निर्माण गरिएका छन्, जसले यसका प्रयोगकर्तालाई प्रत्यक्ष सहयोग गर्दै आएका  छन्।
नेपाल लोडसेडिङ
नेपाली जनता लोडसेडिङको मारमा छन्। यसबाहेक बिजुली आउने-जाने कुरा निकै ख्याल गर्नुपर्छ। अब भने लोडसेडिङ तालिका आफ्नो मो बाइल फोनमै उपलब्ध हुनेछ। त्यसका लागि आफ्नो स्मार्ट फोन एन्ड्रोइड अपरेटिङ सिस्टम हुनु आवश्यक छ। लोडसेडिङको हैरानी भोगिरहेका  नेपाली विद्युत् उपभोक्तालाई लक्षित गरी यो एपको निर्माण भएको हो। नेपाल लोडसेडिङ नाम राखिएको यो एप्समा लोडसेडिङका लागि विद्युत्  प्राधिकरणले बनाएका सातवटै समूह र तिनका तालिकासमेत उपलब्ध गराइएको छ। प्रयोगकर्ताले आफ्नो समूहको तालिकालाई होम स्क्रिनका  रूपमा पनि राख्न सक्छन्। लोडसेडिङको समय थपघट हुनासाथ नयाँ तालिका डाउनलोड गर्न सकिन्छ। यो एप्सले लोडसेडिङ सुरु भएपछि  कति समयपछि बिजुली आउँछ र बिजुली आएपछि कति समयपछि लोडसेडिङ सुरु हुन्छ भन्ने जानकारीसमेत दिन्छ। यो एप्स अफलाइनमा  समेत चल्छ। यो एप्सको साइज २ सय ९४ केबीमात्र छ। यसबाहेक एप्पलमा बत्ती आयो नामको लोडसेडिङ तालिकाको एप्लिकेसन छ, जसमा  आइओएस ५ इन्स्टल भएको आइफोन, आइप्याड र आइपड आवश्यक छ।
नेपाली क्यालेन्डर
क्यालेन्डर सबैलाई चाहिन्छ। कर्मचारी, विद्यार्थी, व्यापारीलगायत विभिन्न पेसामा आबद्ध व्यक्तिहरूका लागि यो एप बढी आवश्यक छ। कुनै  पनि मिति थाहा पाउन अब क्यालेन्डरको आवश्यकता रहेन। नेपाली पात्रो नामको एपले हामीलाई चाडपर्वका बारेमा पनि जानकारी दिन्छ,  यसले नेपाली र अंग्रेजी मितिलाई एक-अर्कामा परिवर्तन गर्न पनि मद्दत गर्छ। यो एपको आउटपुट नोकिया मोबाइल फोनमा अझ राम्रो दे खिन्छ। यसबाहेक नेपाली पात्रो नामको पनि एप छ जसलाई नेपाली युनिकोड र अंग्रेजी भाषामा हेर्न सकिन्छ। यसमा पनि विक्रम संवत्, नेपाल  संवत् र इस्वी संवत् कन्भर्ट गर्न मिल्छ।
नेपाली एफएम
नेपाली एफएम फ्री एप हो। नेपालका सबै एफएमका आवाज यो एप बाट जहाँबाट पनि सुन्न सकिन्छ। जति राम्रो अनि महँगो मोबाइल भए  पनि त्यसमा एफएम रेडियो हुँदैन। त्यसले एफएम रेडियो सुन्ने व्यक्तिलाई खल्लो लाग्न सक्छ तर पनि यसको विकल्पमा नेपाली एफएम एउटा  एप हो जसले एफएम रेडियो आफ्नो मोबाइलमा सुन्न सम्भव बनाउँछ। यसका लागि आइफोन अपरेटिङ सिस्टम ४ दशमलव १ भन्दा  माथिको हुनुपर्छ र डाउनलोड भएपछि यसलाई बजाउन वाइफाइ वा थ्रीजी कनेक्सन पनि आवश्यक हुन्छ।
टाइप नेपाली
नेपाली टाइप लेख्न मिल्ने एप नै टाइप नेपाली एप हो। नेपाली टाइप गर्न यो एपले साथ दिन्छ। यसको सहयोगले सजिलै नेपाली फन्ट टाइप  गर्न सकिन्छ। टाइप नेपाली एप यसकै लागि बनेको हो भन्दा फरक पर्दैन। आफ्नो एप स्टोरमा निःशुल्क डाउनलोड गर्न सकिने यो एपले  इन्टरनेट चलाउँदा नेपाली टेक्स्टमै लेख्न मद्दत गर्छ।
बाघचाल
मोबाइलमा थुप्रै विदेशी खेल खेलिन्छ। अब भने नेपालीले आफ्नै खेल मोबाइलमा मज्जाले खेल्न सक्छन्। नेपालीहरूबीच निकै लोकप्रिय खेल  बाघचाल आफ्नै मोबाइलमा खेल्न मिल्ने एपको विकास भएको छ। बर्गाकार चार कुनामा बाघ हुन्छन् भने २० वटा बाख्रा हुन्छन्। दुई  जनाबीच हुने यो खेल एन्ड्रोइड फोनमा एक्लै वा साथीसँग खेल्न सकिन्छ।
फन्टुस
फन्टुस देवनागरी लिपि इन्स्टल गर्ने र अक्षर परिवर्तन गर्ने एप हो। यो एपको मद्दतले हिन्दी, नेपाली र युनिकोड अक्षरहरू एन्ड्रोइड फोनमा  प्रयोग गर्न सकिन्छ। अन्य अक्षर पनि यसमार्फत प्रयोग गर्न मिल्छ। यसका लागि रुट एक्सेस र बीजीबक्सको आवश्यकता भने पर्छ। नेटको  आवश्यकता पर्ने यो एपमा युएसवी वा एसडी कार्डमा एप्स स्टोर गरिन्छन्।
मोबाइल बैंकिङ
हाम्रो दैनिक जीवनमा मोबाइल एउटा पाटो भएको छ। आर्थिक व्यवस्थापनका लागि पनि मोबाइलमा एपको विकास भएको छ। कुमारी बैंकले  मोबाइल क्यास नामको पेमेन्ट प्रणाली लागू गरेको छ। यसबाहेक ग्लोबल बैंकले आफ्नो बैंकिङ कार्यका लागि ग्लोबल बंैक एप्लिकेसन नामको  एप सञ्चालन गरेको छ। एप निर्माता स्वस्तिक प्रालिले आइफोन र एन्ड्रोइड फोनमा मिल्ने खालका ग्लोबल मोबाइल एप पनि निर्माण गरेको  छ।




 http://ekantipur.com/nep

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको