सानोठिमीस्थित राष्ट्रिय वाणिज्य बैंकमा चोरी चोरीको अभियोगमा गार्ड पक्राउ
भक्तपुरको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी) स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट गएराति ५ लाख २३ हजार रुपैयाँ चोरी भएको छ। सेफ बाहिर राखेको पैसा चोरिए पनि सेफ भने सुरक्षति रहेको प्रहरीले बताएको छ। चोरी अभियोगमा प्रहरीले बैंककै सुरक्षागार्डलाई पक्राउ गरेको छ।
चोरले बैंकभित्र रहेको स्टिलको दराजभित्रको १०० भन्दा तलको नोटको बन्डल चोरेर लगेको हो। प्रहरीले बैंकका सुरक्षागार्ड काँडाघारी निवासी उत्तमबहादुर खत्रीलाई नियन्त्रिणमा लिई अनुसन्धान थालेको हो।
सेफ सुरक्षित रहेको र बाहिरको पैसा हराएको पाएपछि घटनामा बैंककै सुरक्षा गार्डको संलग्नता हुनेसक्ने शंका प्रहरीले गरेको छ। 'सेफ बाहिर राखेको पैसा चोरिएको हो', घटनाको पुष्टि गर्दै महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख नवराज ढकालले भने- 'अनुसन्धानका लागि गार्डलाई नियन्त्रणमा लिएका छौं।'
राति १० बजेदेखि ड्यूडीमा रहेका खत्रीले आज बिहान ५ बजे बैंक चोरी भएको प्रहरीलाई जानकारी गराएका थिए।
0 comments