चलचित्रकर्मीहरु थप आन्दोलनमा, आजबाट चलचित्र हल बन्द
सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा धमेन्द्र मरवैतालाई नियुक्त गरेपछि त्यसको विरोधमा चलचित्रकर्मीहरुले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले आजदेखी देशैभरका चलचित्र हलहरु ठप्प पारेका छन् । आफ्ना मागहरु लिएर प्रधानमन्त्रीलाई भेटेको ४ घन्टा बित्न नपाउदै धमेन्द्र मरवैता ‘पप्पु’ लाई बोर्डको नयाँ अध्यक्ष नियुक्त गरिनु धोका भएको ठहर गर्दै उनीहरुले ४ बँुदे माग राखेर आन्दोलनको कार्यक्रम सार्वजनीक गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत आजदेखि देशैभरका सम्पूर्ण चलचित्र घर, सुटिङ, पोष्ट प्रोडक्शन पूर्णरुपमा ठप्प पार्ने, बोर्डका नव नियुक्त अध्यक्ष पप्पुलाई बोर्ड प्रवेशमा निषेध गरी सार्वजनिक वहिष्कार गर्ने, जारी रिले अनशनलाई हालकै स्थानमा यथावत राख्ने लगायत रहेका छन् । आन्दोलित चलचित्रकर्मीहरुले आज विहान ११ बजे चलचित्र विकास बोर्ड परिसरमा अन्र्तक्रियाको पनि आयोजना गरेका छन् ।
0 comments