कालोझण्डा बोकेर बिरोधमा उत्रिएका बिपक्षी दलका र्कायर्कतामाथि प्रहरीले लाठीचार्ज गर्दा तीन जना घाइते


सरकारविरुद्ध आन्दोलनमा रहेका काङ्ग्रेस एमालेलगायत विपक्षी दलका कार्यकर्ताहरूले आज एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भक्तपुर प्रवेशमा रोक लगाउन प्रदर्शन गरेका छन् । अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराई पार्टीको पाँचौ जिल्ला अधिवेशनमा सहभागी हुन भक्तपुर पुग्ने थाहा पाएपछि उनीहरूले अरनिको राजमार्गमा चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् । विपक्षी दलका कार्यकर्ताहरूले चक्काजाम गरेपछि सडक खुलाउने क्रममा प्रहरीसँग झडप भएको थियो  । अरनिको राजमार्गमा प्रदर्शन भएपछि प्रधानमन्त्री वैकल्पिक बाटो भएर भक्तपुर पुग्नुभएको थियो । स्थानीय प्रशासनले भक्तपुरको सुरक्षा व्यवसथा कडा पारेको जनाएको छ । कालोझण्डा बोकेर बिरोधमा उत्रिएका बिपक्षी दलका र्कायर्कतामाथि प्रहरीले लाठीचार्ज गर्दा तीन जना घाइते भएका छन् । र्दलभ थापा, र्पूण परियार र रोशन पौडेल समान्य घाइते भएका हुन् । तीनै जना कांग्रेस र्कायर्कता भएको बताइएको छ ।
यसैबीच प्रधानमन्त्रीको विरोधमा आज भक्तपुरमा पत्रकारहरूले पनि कालोपट्टी बाँधेर समाचार सङ्कलन गरेका छन् । पत्रकारहरूको सुरक्षास्थिति गम्भिर बन्दै गएको र दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नहरूलाई कारवाही नगर्न प्रधानमन्त्रीले आदेश दिएपछि पत्रकारहरूले त्यसको विरोध गर्दै आएका छन् । जिल्ला अधिवेशनको क्रममा एकीकृत माओवादीले भक्तपुरको त्यौमडीमा सभा गरेको थियो ।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको