लडाकुको रकम लिएर कमान्डर फरार
स्वैच्छिक अवकाश लिएका लडाकुले सरह आर्थिक प्याकेज माग्दै आन्दोलन गरेका माओवादीको बहिर्गमित लडाकुका कमान्डरसहित तीन जना मोटो रकम लिएर फरार भएका छन् ।सरकारले आन्दोलनमा लागेका अढाईसय भन्दा बढीलाई बाँड्ने गरी सोमबार १५ लाख रुपैयाँ दिएको थियो । शान्ति तथा पुननिर्माण मन्त्रालयले दिएको उक्त रकम लिएर लडाकू आन्दोलनका अगुवा लेलिन विष्टसहित तीन जना हराएको खबर छ ।सम्पर्कबिहीन भएका विष्ट, थर नखुलेका भीम र अर्का एक छन् । विष्टले मन्त्रालयबाट चेक पाएपछि तुरुन्तै साटेका थिए । बेलुका उक्त रकममध्ये चारलाख २५ हजार रुपैयाँ बोेकेर विष्ट सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवका ज्वाई मनोज अधिकारीलाई लिएर पुल्चोकस्थित मन्त्री क्वाटर पुगेको स्रोतले जनाएको छ ।लेलिन बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष थिए । उनले उक्त रकम १५ लाख रुपैयाँबाट एक एक लाख लडाकूका सातवटै शिविरबाट बहिर्गमन भएका लडाकुलाई बाँड्न दिने सहमति भएको थियो
0 comments