दैलेखमा विपक्षीदलहरु प्रधानमन्त्री रोक्ने तयारीमा,सबै घरमा कालोझन्डा,सुरक्षा कडा
विपक्षी दलले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दैलेख जिल्ला प्रवेशमा रोक लगाउन आज जिल्ला बन्द गराएका छन् । ७ विपक्षी दलले आज दिउँसो २ बजेदेखि ४ बजे सम्मका लागि यातायात र दिनभर सदरमुकाम बन्द गरि प्रदर्शन गर्ने बताएका छन् । ठाउँ ठाउँमा रुख ढालेर सदरमुकाम आउने चारैतिरका नाका बन्द गराएका छन् । एमालेका जिल्ला अध्यक्ष अम्मरबहादुर थापाले प्रधानमन्त्रीले जबरजस्ती प्रवेश गर्न खाजे सयुक्त अवरोध गर्ने जानकारी दिनुभयो । त्यस्तै एकीकृत नेकपा माओवादीले पनि विपक्षीको आन्दोलनलाई मध्यनजर गरि कार्यकर्ता जिल्ला पुर्याएको छ । छिमेकी जिल्लाबाट समेत नेताहरुको सुरक्षाका लागि भन्दै सयौ कार्यकर्ता दैलेख पुगेको एकीकृत माओवादीले जनाएको छ । जिल्ला सम्मेलन उद्घाटनका लागि आजप्रधानमन्त्री भट्टराईका साथै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , उपप्रधानमन्त्री एवं उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु दैलेख पुग्ने कार्यक्रम रहेको छ । दुईपक्षबीच झडप हुनसक्ने भन्दै स्थानिय प्रशासनले पनि सुरक्षा कडा पारेको छ ।विपक्षीले बुधबार बिहानै सदरमुकामका सबै घरमा कालोझन्डा राख्ने तयारीसमेत गरेका छन् । बजारको सुरु भाग ततांगदेखि बजारको अन्तिम भाग एमाओवादीको जिल्ला सम्मेलन उद्घाटनस्थल काँडाचौरसम्म कालोझन्डा राखिने एमाले जिल्ला अध्यक्ष अमर थापाले जानकारी दिए ।
सम्मेलनस्थलसम्म कालोझन्डा राख्ने घोषणापछि एमाओवादी र विपक्षी दलका कार्यकर्ताबीच झडपको सम्भावना बढेको छ । झडप हुने सम्भावना र त्यसबाट हुन सक्ने खतरा देखेपछि शान्तिसुरक्षाका लागि प्रहरीले सदरमुकाममा सुरक्षाव्यवस्था कडा बनाएको छ । सुर्खेतबाट सुरक्षाका लागि सशस्त्र १ सय ५० र जनपद प्रहरी १ सय १० आइसकेका छन् ।
प्रधानमन्त्रीको विरोधमा विपक्षीले ‘जनसभा’ पनि गर्ने भएका छन् । एमाओवादीको जिल्ला सम्मेलन काँडाचौरमा हुँदै छ भने विपक्षीले टँुडिखेलमा जनसभा गर्ने तयारी गरेका हुन् । बिहान घरघरमा कालोझन्डा राख्ने र नाराजुलुससहित बजार परिक्रमापछि टुँडिखेलमा जनसभा गर्ने तयारी गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मयाराम अधिकारीले बताए ।
त्यस्तै विपक्षीले एमाओवादीको जिल्ला सम्मेलन उद्घाटन समारोह कार्यक्रम बहिष्कार गर्ने भएका छन्

0 comments