दृष्टिविहिन विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने पक्का
समयमा छपाईको स्वीकृती नपाएपछि यो वर्ष पनि दृष्टिविहिन विद्यार्थीले बेलामा पाठ्यपुस्तक नपाउने पक्का भएको छ । छपाईको स्वीकृतिका लागि मन्त्रीपरिषदमा पठाएकोमा मन्त्रीपरिषदले शिक्षा मन्त्रालयमा पठाएकाले टेण्डर लगायतका सबै प्रक्रिया पूरा गर्दा शैक्षिक सत्र सुरु हुने बेला पाठ्यपुस्तक नपाउने पक्का भएको हो ।मन्त्रालयका सचिवले नै निर्णय गरे टुंग्याए हुने अवस्थामा मन्त्रालयले प्रक्रिया लम्ब्याएको नेपाल नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बुले जानकारी दिनुभयो । मन्त्रालयले कानून अनुसार जाने भनेकाले त्यस अनुसार जाँदा सार्वजनिक खरिद ऐन अन्तर्गत टेण्डर आव्हान लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समस्या हुने देखिएको उहाँको भनाई छ ।तत्काल छपाईको स्वीकृत नपाए विद्यार्थीलाई यसअघि जस्तै समया पाठ्यपुस्तक पठाउन मुस्किल पर्ने लिम्बुले बताउनुभयो । उहाँका अनुसार माघ मसान्त भित्र छपाईको स्वीकृति पाएर काम शुरु गरेपनि जेठको अन्तिम या असारको पहिलो हप्ता अघि पाठ्यपुस्तक पठाउन सकिने छैन ।तथ्यांक अनुसार नेपालमा रहेका दृष्टिविहिन विद्यार्थी मध्ये ६१ दशमलव ५ प्रतिशतले पाठ्यपुस्तक पाउँदैनन् भने पाउने विद्यार्थी मध्ये ३८ दशमलव ५ प्रतिशतले शैक्षिक सत्र शुरु भएको पाँच महिनापछि मात्रै पाउने गरेका छन्
0 comments