दश वर्ष सत्ता चलाउने एकीकृत माओवादी अध्यक्ष प्रचण्डको भनाइ
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले दश वर्ष राज्य सत्ता चलाउने बताउनु भएको छ । आन्दोलन गरे पनि चुनावमा गएपनि कांग्रेस एमालेले सत्ता नपाउने प्रचण्डले ठोकुवा गर्नुभयो । एनेकपा माओवादी नवलपरासीको एकताको दोस्रो जिल्ला अधिबेशनको उद्घाटन गर्दै उहाँले देश नै सिङ्ग माओवादीमय भईसकेको भन्दै उहाँले जनताको पैmसला मान्न तयार रहेको बताउनुभयो । जेठमा निर्वाचन गर्न आफूहरु तयार रहेको उहाँले बताउनु भयो । निर्वाचन, संघीयता, संबिधान सभाको केही दलका नेतालाई आतंक रहेको उहाँले दावि गर्नुभयो । पार्टी महाधिवेशनबाट सुधारवादी र निरन्तरता मात्रै सोच्दैनौं त्यसमा छलाङ्ग र गुणात्मक परिवर्तन सोच्ने र त्यो अरुको नक्कल हैन आफ्नै मौलिकपनमा हुने प्रचण्डको दावी छ । कार्यक्रममा उपाध्यक्ष एवं प्रधानमन्त्री डा. वावुराम भट्टराईले सत्ता लिन विपक्षीलाई चुनावमा जान चुनौती दिनुभयो । दण्डहीनतलाई प्रसय दिएको भन्दै नेपाल पत्रकार महासंघ नवलपरासीको निर्देशनमा प्रधानमन्त्री बोल्ने कार्यक्रम पत्रकारहरुले भने बहिष्कार गरेका थिए ।
0 comments