एकीकृत नेकपा माओवादीको सातौं राष्ट्रिय महाधिवेशन मकवानपुरको हेटौडामा सुरु

उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सातौं महाधिवेशनले पार्टीको मात्र नभइ सिङ्गो मलुकलको निकास, विकास र नेपाली समाजको आमुल परिवर्तनसँग महत्व राख्ने बताउनुभयो । जनताको अधिकारलाई सुनिश्चित गर्न र लोकतन्त्र तथा न्यायको पक्षमा समेत महाधिवेशनले उचित कार्यनिती पारित गर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ । सङ्क्रमणकाललाई छिटोभन्दाछिटो निष्कर्षमा पु¥याउनको लागि आफूहरु लागेको जानकारी दिदै श्रेष्ठले महाधिवेशनसँगै मुलुकले उचित निकास पाउने पनि दावी गर्नभयो । हुप्राचौरमा सुरु भएको उद्घाटन समारोहअघि विभिन्न चार वटा नाकाबाट जुलुस समेत निकालिएको थियो । महाधिवेशनमा देशभरका झन्डै तीन हजार प्रतिनिधि सहभागी हुने माओवादीले जानकारी दिएको छ । महाधिवेशन सुरक्षाका लागि स्थानीय प्रशासनले १४ सय सुरक्षाकर्मी र पार्टीले झन्डै ६ सय वाईसीएल कार्यकर्ता परिचालन गरेको छ । हेटौडामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । हेटौडा सहर यतिबेला महाधिवेशनको झन्डा, व्यानर र स्वागतद्वारहरूले सिङ्गारिएको छ । बन्दसत्र भने भोलिदेखि हेटौडा कपडा उद्योग परिसरमा हुने व्यवस्था गरिएको छ । २१ वर्षपछि हुन लागेको यो महाधिवेशनलाई एकीकृत माओवादीले एकताको महाधिवेशन भनेको छ । २०४८ सालमा छैटौ राष्ट्रिय महाधिवेशन भएको थियो
0 comments