शिक्षक सेवा आयोगको आवेदन दिने समय एक हप्ता थप

शिक्षक सेवा आयोगले शिक्षकका लागि खुलाएको आवेदन दिने समय एक हप्ता थप गरेको थियो । यसअघि एक महिनाका म्यादसहित भोलिसम्म आवेदन दिने समय भएकोमा एक हप्ता थपिएको आयोगले जनाएको छ । १७ वर्षपछि आयोगले खुला विज्ञापन गरेको र आवेदन दिनेहरुको भीड बढिरहेकाले सुविधा दिन भन्दै समय थपिएको आयोगले बताएको छ । फागुन ४ गतेदेखि भने दोब्बर दस्तुर बुझाएर एक हप्ता आवेदन दिन पाइने पनि आयोगले जनाएको छ ।
0 comments