‘वधशाला’ प्रदर्शनमा रोक लागेपछि चलचित्रकर्मीले फागुन २५ लाई कालो दिनको रुपमा मनाए
चलचित्र ‘वधशाला’ सेन्सरमै नपुगी प्रदर्शनमा रोक लागेपछि चलचित्रकर्मीले फागुन २५ लाई कालो दिनको रुपमा मनाएका छन् । काठमाण्डौको मण्डला थिएटरमा भेला भएका चलचित्रकर्मीहरुले सेन्सर नै नगरी राज्यको अर्को निकायले हस्तक्षेप गरेकोमा आपत्ती जनाए ।‘हामीले शान्ती प्रक्रिया भाड्छौ रे !’ लेखिएको कालो फेटा वाधेर चलचित्रकर्मीहरुले ‘वधशाला’ रोकको विरोध गरे । कार्यक्रममा निर्देशक यादव खरेल, हाँस्यकलाकार मनोज गजुरेल, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, नायिका रिमा विश्वकर्मा लगायतले सेन्सरमै नपुगी सिनेमा रोकिएकोमा विरोध गरे ।

0 comments