२० गते चुनावको मिति घोषणा हुने प्रचण्डको दावी
काठमाडौ, जेष्ठ १८ -एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावको मिति घोषणा गर्न आफ्नो पार्टीले सरकारलाई सिफारिस गरिसकेको दावी गर्नुभयो । आज बाा पुग्नु भएका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले उद्योग बाणिज्य संघको गरेको कार्यक्रममा २० गते संविधानसभा चुनावको मिति घोषणा हुने बताउनुभयो । उहाँले संविधानसभाको निर्वाचन गराउन एमाओवादीले पुरै ताकत लगाएको बताएका छन् । उहाँले उद्योग बन्द हुनु र उद्योगी पलायन हुनु देशका लागि नै दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । उहाँले बाराको पर्यटकीय क्षेत्रको विकासका लागि आफुले धेरै प्रयास गरेको पनि दावी गर्नुभयो ।
0 comments