झरीले ग्रामीण सडक बिगार्यो, जनजीवन प्रभावित

रौतहट, जेष्ठ १८ - तीन दिनदेखि लगातार परेको झरीका कारण मध्य तराईको जनजीवन प्रभावित बनेको छ । रौतहट जिल्लाको ग्रामीण भेगका सडकहरुमा बर्षाका कारण सवारी साधन आवत जावतमा समस्या परेको स्थानीय वासिन्दाले बताएका छन् । शिवनगरदेखि कटहरिया हुँदै जंगलसहियासम्मको सडक हिलाम्य भएपछि सो रुटमा चल्ने बस शनिवार चल्न सकेन । जंगलसहिया, कटहरिया, शिवनगर हुँदै गौर र वीरगन्ज जाने बसहरु चल्न नसकेपछि स्थानीय वासिन्दा समस्यामा परेको जंगलसहियाका युवा टिकाकिशोर चौधरीले बताए । सो सडक ग्राभेलका लागि जिल्ला विकास समिति र सो भेगका गाविसहरुले बार्षिक रुपमा बजेट विनियोजन गर्ने गरेको भएपनि बर्षायाममा त्यस रुटमा सवारी साधन चल्न सक्दैनन् । कागज मै रकम खर्च गरेकाले स्थानीय बासिन्दा समस्यामा परेका हुन् । बर्षाका कारण जिल्लाका विभिन्न स्थानका ग्रामीण सडकहरु मात्र नभएर पूर्व पश्चिम राजमा
र्गको चन्द्रनिगाहपुर स्थित राजमार्ग नै जलमग्न हुने गरेको छ ।

, , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको