पत्रकार माथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
काठमाडौँ, ४ असार-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीहरुबाट भक्तपुरस्थित खरिपाटी डेरीमा गरेको अनुगमनको समाचार संकलन गर्न गएका नेपाल टेलिभिजनका सञ्चारकर्मीमाथि डेरीका कर्मचारीहरुले दुव्र्यवहार तथा क्यामेरा तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हिजो दिउँसो डेरीका कर्मचारीहरुले अनुगमनको समाचार गर्न भक्तपुरको खरिपाटीस्थित डेरीमा पुगेका नेपाल टेलिभिजनकी पत्रकार सुभद्रा गौतमलाई दुव्र्यवहार र क्यामेरा पर्सन शिव पंगेनीलाई हातपात र क्यामेरा तोडफोड गरेको घटना प्रति आज बिज्ञप्ती मार्फत महासंघले निन्दा गरेको हो ।
0 comments