आफ्नो लोग्ने नचिन्दा अर्कै संग सुहागरात

 बिहे भएर घर आएको रात दुलाहा सुतेको कोठा नचिन्दा बेहुलीले अर्कै युवकसँग रात बिताउनु परेको छ |यो खबर हो चीनको । आफ्नो दुलाहा सुतेको कोठा जाने बेलामा भुलबस उनी अर्कै कोठामा छिरिन् । रातभर सोही कोठामा सुतेको युवकसँगै सुतेपछि बिहान पख उज्यालो भएपछि मात्र उनले त्यो युवक आफ्नो लोग्ने नभएको भनेर थाहा पाइन् ।समाचार अनुसार गुआंग्जी प्रान्तस्थित नापो क्षेत्रमा यस्तो घटना भएको हो । हुआंग थर भएकी ती युवती बिहे गरेर लोग्ने घर गएकी थिइन् ।लोग्नेको  घरमा पार्टीको आयोजना गरिएको थियो र पार्टीमा धेरै मानिस समेत आएका थिए । रात परेसँगै सुत्ने तरखर भयो । उनी सुत्नुभन्दा पहिले बाथरुम गइन् । बाथरुमबाट फर्किँदा उनले आफ्नो खोपी भएको कोठा भन्ठानेर अर्कै कोठामा छिरिन् । उनलाई त्यो आफ्नो खोपी नरहेको र त्यहाँ आफ्नो लोग्नेको साथी सुतेको कुरा थाहा थिएन । त्यहाँ आफ्नै लोग्ने सुतेको होला भनि ढुक्कसाथ उनी पसिन् र सुतिन् । बिहानपख ब्यँझिनासाथ उनले बल्ल त्यो केटा आफ्नो लोग्ने नभएको चाल पाइन् र चिच्याउँदै कोठाबाहिर निस्किइन् ।
ती महिला गुहार माग्दै र आफुमाथि बलात्कार भएको भन्दै रुँदै कराउँदै बाहिर निस्किएकी थिइन् । साथीकी बेहुलीसँग रात बिताउन पाएर मख्ख भएका रुआन नामका युवक भने आफुले कुनै अपराध नगरेको बताउँदै थिए । तर सबै गाउँलेले ती युवकले जानीजानी बेहुलीसँग सुतेको भन्दै २० हजार युआन क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे । युवकले भने आफुसँग त्यत्रो पैसा नभएको र आफुले कुनै कसूर नगरेको भन्दै पैसा तिर्न मानेनन् । बलात्कृत भएँ भन्ने नव विवाहित युवती र उनको लोग्नेले त्यो विषयमा पुलिसमा उजुरी गरे । स्थानीय एक अदालतमा मुद्दा पनि चलाएयो र अदालतले साथीको बेहुलीसँग रात बिताउने ती युवालाई सफाइ दियो |

, , , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको