करिमाको भारतीय गाडीलाई प्रहरीले समात्यो

कहिले सिडिओ कुटेर अनि कहिले गैरनागरिकलाई नागरिकता दिलाएर चर्चामा आउने विवादस्पद नेतृ करिमा बेगम अहिले  भन्सार छलीको  भारतीय गाडी प्रयोग गरेर चर्चामा आएकी छिन्। पूर्व कृषि राज्यमन्त्री एवम् मधेसी जनअधिकार फोरम नेपाल पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार करिमा बेगमले प्रचार प्रसारमा प्रयोग गरिरहेको भारतीय नम्बर बीरआर १५ के ३८५५ नम्बरको गाडी पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।पर्साको पोखरीया इलाका प्रहरी कार्यालले चेकजाँचका क्रममा मधेसी जनअधिकार फोरमका उम्मेदवार करिमा वेगमसमेत नेपाल कम्युनिष्ट पार्टी संयुक्त, संघीय सद्भावना पार्टी र हिन्दु प्रजातान्त्रिक पार्टीका उम्मेदवारहरुको गाडी नम्बरः बीआर ०६ बी ३५२३, बीआर ०५ ५३६२ को गाडी नियन्त्रणमा लिएको थियो। बेगमले आफुले चढेको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीको भन्सार र इन्ट्री तीन दिन अघि मात्र फेल भएको र प्रहरीले आफ्नो गाडी पक्राउ गरेर मधेश विरोधी काम गरेको आरोप लगाएकी छिन्।

, , ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको