राष्ट्रसेवक प्रहरीलाई खुट्टा धुन लगाए लोकमानले
अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय मानिन्छ । जसले पदीय दुरुपयोग गर्नेमाथि मुद्धा चलाउने गर्छ । तर अख्तियार प्रमुख लोकमानसिंह कार्कीले नै राष्ट्रसेवक प्रहरीलाई आफ्नो खुट्टा धुन लगाएर आफ्नो र अख्तियारको मात्रै होइन, नेपाल प्रहरीको समेत बेइज्जत गरेका छन् । सुरक्षासहित गोरखामा रहेको गोरखकाली मन्दिर दर्शन गर्न जाने क्रममा अख्तियार प्रमुख कार्कीले मन्दिरको ढोकामा प्रहरीलाई खुट्टा धुन लगाएका थिए ।दसैंको अष्टमीका दिन सुरक्षाकर्मीको दलबल सहित गोरखा पुगेका कार्कीले खुट्टा धोइदिने प्रहरीको ढाडमा समातेर उभिएका थिए । लोकमान पत्नी र छोरी लिएर आएका थिए। अख्तियारकै डिआइजी विरेन्द्रवावु श्रेष्ठ पनि साथैमा थिए। श्रेष्ठ गोरखाकै स्थायी बासिन्दा पनि हुन्। कार्कीलाई त्यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले स्वागत गरेर गोरखा दरबार पुर्याएका थिए ।
मन्दिर दर्शन जाने क्रममा जुत्ता खोलेपछि कार्कीले उनकै सुरक्षाका लागि खटिएका एक प्रहरीबाट खुट्टा धुन लगाएका हुन् ।
मन्दिर दर्शन जाने क्रममा जुत्ता खोलेपछि कार्कीले उनकै सुरक्षाका लागि खटिएका एक प्रहरीबाट खुट्टा धुन लगाएका हुन् ।
0 comments