आयल निगम भवन अगाडि शक्तिशाली बम बिष्फोट दूईको मृत्यु
काठमाण्डौको अति सुरक्षित स्थान मानिने सिंहदरवार नजिकै आयल निगम भवन अगाडी केहीवेरअघि शक्तिशाली बम बिष्फोट भएको छ । बिष्फोटबाट दुई जनाको घटनास्थलमै र घाइते एकजनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घाइते अन्य चार जनाको अवस्थापनि गम्भीर रहेको र उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले छ ।मारिनेमा एक जना मागेर वस्ने बृद्धा र अर्को एक जना युवक रहेको बताइएको छ । अहिलेसम्म उनीहरुको शव उठाइएको छैन् । घटनास्थललाई अहिले प्रहरीले घेराबन्दीमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरी अतिरिक्त महानिरिक्षक कुवेसिंह राना अहिले घटनास्थल आइपुग्नुभएको छ ।
बिष्फोटपछि अहिले सिंहदरवार आसपासको यातायात वन्द गरिएको छ भने प्रहरीले सुरक्षा ब्यबस्था कडा बनाएको छ । यसैवीच संयुक्त जातीय मुक्ति मोर्चाले संचारमाध्यमहरुलाई फोन गरि घटनाको जिम्मेवारी लिएको छ । आयल निगमले तेलको भाउ बढाएको बिरोधमा बिष्फोट गराइएको त्यसको संयोजक दावी गर्ने बिश्व कार्कीले बताएका छन् ।
by;onlinekhabar.com
by;onlinekhabar.com
February 27, 2012 at 3:04 AM
hey good keep it up n thanks for this posts
February 27, 2012 at 3:06 AM
its too bad