धन वानको छायांकन मलेसियामा हुने

किशोर रानाको निर्देशन रहने उक्त चलचित्रमा कल्याण घिमिरे, पुजना प्रधान, सुनिल थापा, निर शाह, सृजना वस्नेत, सुभेच्छा थापा लगायतका कलाकारहरुको अभिनय रहने छ ।
चलचित्रको कथा वोध विक्रमको रहेको छ भने संगीतकार चेतन सापकोटा रहनेछन् । स्वरुपराज आचार्य, अन्जु पन्त, संगीता राना, राजेश पायल राई लगायतका गायक गायिकाको स्वर रहने सो चलचित्रको अनुमानित लगानी एक करोड २० लाख रुपैया रहने क्वालालम्पुरमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराईयो ।
यसैविच चलचित्र श्रीमानको वुधवार क्वालालम्पुरमा प्रथम प्रदर्शन हुने भएको छ । मलेसियामा रहेका साथीहरुको अनुरोधमा श्रीमानलाई केहि स्थानहरुमा प्रदर्शन गर्ने तयारी गरिरहेको नायक तथा निर्माता कल्याण घिमिरेले जानकारी गराए ।
by;filmykhabar.com
0 comments