संविधानसभा विघटन गर्नु षड्यन्त्रमूलक रहेको साना दलहरूको निष्कर्ष

                 साना दलहरूले निर्वाचनका लागि आवश्यक संवैधानिक व्यवस्थासमेत नगरी संविधानसभा विघटन गर्नु षड्यन्त्रमूलक रहेको निष्कर्ष निकालेका छन् ।
नेकपा (माले) को पोलिटब्युरो बैठकले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको काम चलाउ सरकार हटाई अविलम्ब राष्ट्रिय सरकार गठनको माग गरेको छ । 'राजनीतिक सहमतिबिना गैरसंवैधानिक, षड्यन्त्रमूलक र स्वैच्छाचारी ढंगले काम गर्ने सरकार देशका ज्वलन्त समस्यालाई समाधान गर्न अयोग्य र अक्षम भएको छ,' बैठकपछि विज्ञप्ति जारी गर्दै महासचिव सीपी मैनालीले भनेका छन्, 'यस्तो सरकार हटाई राजनीतिक सहमतिका आधारमा अविलम्ब राष्ट्रिय सरकार गठन गर्नुपर्छ ।'
नेकपा (संयुक्त-माक्सवादी) ले बहकाउ र उक्साहटको सिकार हुनबाट जोगिँदै जालझेल र षड्यन्त्रका राजनीतिविरुद्ध खडा हुन जनतासँग आह्वान गरेको छ । पार्टी अध्यक्ष लोकनारायण सुवेदीले विज्ञप्ति जारी गरी नयाँ निर्वाचनको घोषणालाई 'ग्रान्ड डिजाइन' अन्तर्गतको षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।
राप्रपा नेपालले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने आम नेपालीको चाहनालाई माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले कुठाराघात गरेको आरोप लगाएको छ । मुलुक संविधानसभा निर्वाचनपूर्वको अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष कमल थापाले १२ बुँदे समझदारीको मार्गचित्र असफल भएको दाबी गरेका छन् ।
राप्रपा नेपाल ताजा जनादेशको पक्षमा रहेको तर सबै राजनीतिक दलहरूबीच राजनीतिक सहमति र गृहकार्य नगरी एकपक्षीय रूपमा गरिएको घोषणाप्रति आपत्ति जनाएको छ । भट्टराईको नेतृत्वमा रहेको सरकारको वैधानिक एवं नैतिक आधार समाप्त भइसकेको उल्लेख गर्दै थापाले स्वतन्त्र, निष्पक्ष एवं भयरहित चुनावका लागि निष्पक्ष चुनावी सरकार गठनको माग गरेका छन् ।

संविधानसभा भंग भएपछि अन्तरिम संविधान, राष्ट्रपति र मन्त्रिपरिषद्को वैधानिक अस्तित्वमाथि नै गम्भीर प्रश्न खडा भएको थापाको विश्लेषण छ । 'संवैधानिक एवं राजनीतिक निकासका निम्ति देशका सम्पूर्ण राजनीतिक शक्तिहरूका बीचमा बृहत् राजनीतिक सहमति गरिनुपर्छ,' थापाले विज्ञप्तिमा भनेका छन् ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको