संविधान बनिहाल्ला भनेर सेना समायोजन नगरेको प्रचण्डको भनाइ
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले संविधान बनिहाल्ला भनेर सेना
समायोजन नगरेको बताएका छन्। मोहन वैद्यहरुलाई अध्यक्षले सबै अडान छाड्छ
भन्ने लागेको बताउँदै उनले उनीहरु कति मनोगत छन् भन्ने अहिले पुष्टि भएको
पनि बताए।
उनले संविधान बन्न नसकेकोमा क्षमायाचना पनि गरे। अनि भने- हामी संविधानतिर केन्द्रित भयौं तर कङ्ग्रेस र एमालेहरु सत्ता कसरी प्राप्त गर्ने भन्नेमा लागे। पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन।
कतिलाई हिँजोको घटनामा विदेशीको हात छ भन्ने लागेको होला भन्दै उनले नेपालीलाई यस्तो मनोरोग लागेको र यसबाट हामी मुक्त हुनुपर्छ भने। आफूमा आत्मविश्वास नभएकाले यस्तो रोग लागेको पनि उनले बताए।
आफूले संविधान सभा जोगाउन सङ्कटकाल लगाउँ भनें तर कङ्ग्रेसका नेता शेरबहादुर देउवाले हुन्छ भने तर कङ्ग्रेस र एमालेका सबै नेताले हुँदैन भने, लगाउँछ भने सरकारले नै लगाउ भने- दाहालले भने। तर सबै मिलेर लगाउने तर दोषचाहिँ माओवादीलाई मात्र लगाउने हो भने लगाउन सकिन्न भनेर मैले नै भनें- उनले थपे।
आफूहरु परिवर्तनको संवाहक भएकाले दुई तिहाई मत दिनुपर्यो भनेर चुनावमा जानुको विकल्प नभएकाले निर्वाचन घोषणा गरेको पनि उनले बताए। उनले आफूले नै बाहुन क्षेत्रीलाई अन्यबाट झिकेर आर्य खस नामाकरण गर्नुपर्छ भन्ने प्रस्ताव राखेको दाबी पनि गरे।
संविधान सभाका लागि भएको खर्च बालुवामा पानी हालेको हैन भन्दै उनले यसबाट धेरै अभ्यास भएको र धेरै सिकिएको बताए। विशेष समितिले पनि धेरै काम गरेको बताउँदै उनले भने- चार चार पटक पनि संविधान सभा चुनाव हुन सक्छ, यो कुनै ठूलो कुरा हैन। भोलि संविधान बनाउन अहिलेको उपलब्धि निकै ठूलो आधार बन्न सक्ने भनाई पनि उनको थियो।
त्यसैले पत्रकार र अरु कोही पनि निराश हुनुपर्ने आवश्यकता छैन भन्दै उनले अब चुनावमा जाँदा फेरि पुरानै एजेण्डा लिएर जाने पनि बताए। अनि भने- अब चुनावमा हाम्रो दुई तिहाई आउँछ भन्ने मलाई लागेको छ, अहिले केही समयका लागिमात्र जनता रिसाएका हुन सक्छन्।
अहिले कुनै संवैधानिक सङ्कट नभएको बताउँदै उनले थपे- राजनीतिक सहमतिको विकल्प अहिले पनि छैन। अहिले दलका केही मानिस रिसाएका छन्, केही दिनपछि सबै कुरा मिलिहाल्छ। वैद्यजी रिसाए पनि खासै केही फरक नपर्ने बताउँदै उनले भने- उहाँ पार्टीमै हुनुहुन्छ, त्यसैले पार्टी सरकारमा गएपछि उहाँ पनि त्यसैमा परिहाल्नुहुन्छ। राष्ट्रिय सरकार बनाउने मेरो प्रयत्न जारी रहनेछ।

0 comments