शुष्मा कार्कीको विन्दास बक्षस्थल
सार्वजनिक गरिएको पब्लिसिटी पोष्टरबाट आफ्नो चरित्र हत्या भएको भन्दै
हिरोईन शुष्मा कार्कीले फिल्म विन्दासको नाम समेत नलिने भएकी छिन् । हेर्दा
ज्यादा भल्गर देखिने प्रकृतिको विन्दासको पब्लिसिटी पोष्टरलाई
शुष्माले भनिन्, 'फोटो सुट गरिएको हो तर कम्प्यूटरबाट फोटो भल्गर बनाउदै
पब्लिश गरिएकाले मेरो आपत्ती छ ।' यस्तै सुष्माले आफ्नो चरित्र हत्या गर्ने
निर्देशक राजु गिरीसँग आउदा दिनमा सँगै काम समेत नगर्ने बताएकी छिन् ।
उनले भनिन्, 'यसरी अर्काको जिवननै बर्वाद हुनेगरी काम गर्नेको के विश्वास
गर्नु ? त्यसैले अब म यो फिल्मको डबिङ पनि गर्दिन र उहाँसंग आउदो दिनमा
कुनै पनि काम गर्ने छैन ।'
उता निर्देशक गिरीले फिल्म भल्गर नभएको र सुष्माको चरित्र हत्या नगरिएको
बताए । उनले भने, 'त्यो फोटो जस्तो खिचिएको हो त्यस्तै राखिएको छ त्यसैले
सुष्माजीले यो बिषयमा आपत्ती जनाउनु हुन्छ र डबिङ गर्नुहुन्न भने
एग्रीमेन्ट अनुरुप कलाकार संघ मार्फत कानुनी प्रक्रियामा अघि बढ्ने छौ ।'
गिरीले फिल्म भित्र केही दृश्य उत्तेजक शैलीमा खिचिए पनि सालिन शैलीको
ग्ल्यामर दृश्य मात्रै फिल्ममा राखिने बताए । उनले भने, 'दर्शकले जति पचाउछ
त्यो बाहेक अरु राखिने छैन र खिचिएको पनि छैन । मलाई विन्दास मात्रै
चलाउनु छैन किन कि मेरा अरु पनि फिल्म लाईनमा छन् तसर्थ म के भन्छु भने
शुष्माजीले अरु कसैको भड्काउमा लागेर यस्तो भन्नु भएको हो ।'
फिल्म ‘बिन्दास’ को पोस्टरमा फिल्मकी नायिका शुष्मा कार्कीका रगतले लत्पतिएका हातहरुले आफ्नो बक्षस्थल निचोरी रहेको देखाइएको छ । फिल्ममा पुरै खुल्नको लागि भनेर रु. तीन लाख पारिश्रमिक लिएकी नायिकाको रोल बढिनै कामुक हुने कुरा यो पोस्टरले पनि संकेत गर्दछ भने अबका दिनमा नेपाली फिल्म क्षेत्रमा बक्षस्थलको ब्यापार फस्टाउने संकेत पनि गरेको छ । शुष्माले ‘लूट’ मा उध्रेको चोलीबाट पाएको सफलता पछि ‘जिन्दगानी दर्पणछायाँ’ को अर्को नाच पनि कामुक भएकै कारण सरकारी संचार माध्यममा प्रतिबन्धित भएको थियो ।
नायिका शुष्मा कार्की को मुख्य भूमिका रहेको फिल्म ‘बिन्दास’ यही भाद्र महिनामा रिलिज गर्ने तयारी गरिएको छ। राजु गिरीले निर्देशन गरेको यस फिल्ममा शुष्मा संगै अशोक फुयाल र सुशान्त कार्कीको पनि मुख्य भुमिका रहेको छ । यस फिल्मले आधुनिक नेपाली युवायुवतीको जीवनकथालाई प्रस्तुत गर्ने बताईएको छ
0 comments