मानसिक रोग निम्त्याउछ "मोबाइल र कम्प्युटरले"

मोबाइल फोन तथा कम्प्युटरको अत्यधिक प्रयोग गर्ने मानिसमा अनिद्रा, तनाव तथा अन्य मानसिक स्वास्थ्य समस्या देखा पर्ने एक अध्ययनले देखाएको छ ।
स्विडेनको गोथेनबर्ग विश्वविद्यालयका शोधकर्ताहरुलेगरेको अध्ययनले यस्तो असर युवावर्गमा बढि पर्ने समेत निष्कर्ष निकालेको छ । शोधकर्ता सारा थोमीका अनुसार प्रविधिको अति प्रयोगले मानिसमा पार्ने नकारात्मक असरको विषयमा जनचेतना आवश्यक रहेको बताइन् ।
शोधको क्रममा साराको टोलीले मोबाइल फोन र कम्प्युटरले युवाहरुमा पार्ने मानसिक असरको अध्ययन गरेको थियो । झण्डै ४१ सय जना २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिमा गरिएको अध्ययनका क्रममा सूचना प्रविधिका साधनको अत्यधिक प्रयोग गर्ने ३२ जना युवामा तनाव, निद्राको गडबडी तथा डिप्रेसन लगायतका समस्या पाइयो ।
शोधकर्ताहरुले मोबाइल फोनको अत्यधिक प्रयोगले युवाहरुमा अनिद्रा तथा डिप्रेसन तथा युवतीहरुमा डिप्रेसनको धेरै समस्या देखिने गरेको बताए । त्यस्तै लामो समयसम्म कम्प्युटरमा बसिरहने युवायुवतीहरुमा पनि तनाव, अनिद्रा तथा डिप्रेसनका समस्या देखा पर्ने उनीहरुको भनाइ छ । अझ रातको समयमा कम्प्युटरको बढि प्रयोग गर्नेमा यस्ता समस्या दोब्बर हुने अध्ययनको निष्कर्ष छ ।
सूचना प्रविधिको साधनको अत्यधिक प्रयोगले पार्ने नकारात्मक असर घटाउन लामो समयसम्म कम्प्युटरमा नबस्ने र बस्नु परेमा बिचमा केही बर प|mेस हुने तथा मोबाइल फोनमा समेत झुण्डिरहने बानी त्याग्नुपर्ने सुझाव विज्ञहरुको छ ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको