तपाइलाई थाहा छ ? मान्छेले एकै चोटी ४ वटा बच्चा जन्माएको |[चम्ल्याहा शिशु]
सप्तरी बरमझिया- ३ की २० वर्षीया विमलादेवी मण्डलले मंगलबार यहाँस्थित
बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा चम्ल्याहा जन्माएकी छन् । उनले
दुई छोरा र दुई छोरीलाई जन्म दिएकी हुन् ।
विमलालाई डा. रविन्द्र भट्ट र डा अर्चनाले शल्यक्रिया गरेका थिए । प्रतिष्ठानको प्रसूति विभागका चिकित्सक डा. मोहनचन्द्र रेग्मीका अनुसार लाखौंमा एक जनामा यस्तो हुन सक्छ । प्रतिष्ठानका चिकित्सकका अनुसार पहिलो शिशु छोरी एक केजी ४ सय ग्राम, दोश्रो शिशु छोरा एक केजी ७ सय ग्राम, तेश्रो शिशु छोरी एक केजी ५ सय ग्राम र चौथो शिशु छोरा एक केजीका छन् । तीमध्ये दोश्रो शिशुले मात्र आमाको दूध चुस्न सक्ने अवस्था भएकाले प्रसूति विभागको पोस्ट नेटलमा आमासंगै राखिएको छ । बाँकी तीन नवजात शिशुलाई उचित तापक्रम भएको विशेष नर्सरी कक्षमा राखिएको छ ।
३३ साता ५ दिनमा जन्मेका ती चार शिशुको अवस्था सामान्य रहे पनि औसत तौल कम रहेकाले बढी 'केयर' गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताए । पहिलो गर्भमै एकैपटक चार शिशु जन्माएकी आमा विमलाको अवस्था सामान्य रहेको पनि चिकित्सकले जनाए । विमलालाई प्रसूति बेथाले च्यापेपछि मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रसूति विभामा उनको गर्भ परीक्षण गर्दा उच्च रक्तचाप देखिएको थियो । मण्डल परिवारका अनुसार विमलाको गर्भ रहेपछि राजविराजस्थित अञ्चल अस्पतालमा परीक्षण गर्दा चार शिशु गर्भमा रहेको देखिए पनि विश्वास नलागेर विराटनगर अस्पताल र भारतको पुणर्ीयामा परीक्षण गर्दा तीन बच्चा मात्र रहेको रिपोर्ट दिएको थियो । पछिल्लो समयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा चार शिशु रहेको देखिएको थियो ।
चिकित्सक डा. रेग्मीका अनुसार चिकित्सा विज्ञानमा ८० जनामा एक जनाले जुम्ल्याहा शिशु पाउन सक्ने, ६ हजार ४ सयजनामा एक जनाले तिम्ल्याहा पाउन सक्ने र पाँच लाख जनामा एक जनाले चम्ल्याहा शिशु पाउन सक्छन् । 'बिरलै मात्र हुने यस्तो चम्ल्याहा शिशु गर्भमा बस्नका लागि एउटै मात्र कारण छैनन् । सामान्यताया पुरुषको शुक्रकीट एउटै मात्र जाने र महिलाको डिम्वसँग मिलेपछि गर्भ बस्छ' उनले भने, 'तर कहिलेकाहीं दुई वा तीभन्दा बढी शुक्रकीट महिलाको डिम्वसंंग मिलेर पनि यस्तो हुन सक्छ । एउटै मात्र शुक्रकिट डिम्वसंग मिल्न पुग्दा विभाजन पनि हुन सक्छ ।' उनका अनुसार महिलाको डिम्व पनि कहिलेकाहीं दुइटै सक्रिय हुँदा यस्तो अवस्था आउन सक्ने
बताए । श्रीमतीले चार सन्तान जन्माएपछि सामान्य रोजगारी गरेर जीविका चलाउँदै आएका २५ वषर्ीय राजेश मण्डलले खुसीसंगै आफू समस्यामा परेको प्रतिक्रिया दिए ।

0 comments