सुनको भाउले नयाँ रेकर्ड


                    सुनको भाउले आइतवार नयाँ रेकर्ड बनाएको छ । गएको हप्तादेखि प्राय हरेक दिन रेकर्ड तोड्दै आएको सुनले आज  नयाँ कीर्तिमान बनाएको हो । गत शुक्रवारको तुलनामा आज एकै दिन ९ सय रुपैयाँ प्रतितोलाले वढेर छापावाल सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवासायी संघका महासचिव मणिकरत्लेन शाक्यले अनलाइनखबरलार्इ जानकारी दिनुभयो । उहाँका अनुसार गएको शुक्रवार छापावाल सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोवार भएको थियो ।यसैगरी तेजावी सुन पनि उसैगरी वढेको छ । शुक्रवार ५८ हजार ७ सय ५० रुपैयाँ रहेको तेजावी सुन आज प्रतितोला ९ सय रुपैयाँले नै वढेर ५९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको भाऊ पनि केही वढेको छ । शुक्रवार प्रतितोला ११ सय ५ रुपैयाँमा कारोवार भएको चाँदी ४० रुपैयाँ प्रतितोलाले वढेर ११ सय ४५ रुपैयाँ कायम भएको छ ।अहिले अन्तराष्ट्रिय बजारमै भाऊ बढेकोले त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव मणिकरत्न शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार सात वर्षदेखि अन्तर्राष्ट्रिय बजार बढिरहेको छ । सुरक्षित लगानी क्षेत्र मानिने सुनमा माग बढेपछि स्वतः भाउ बढ्छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले पनि सुनको भाउलाई असर गर्छ । किनकी तेलको भाऊ बढ्दा सुन उत्पादनको लागत बढ्छ ।

,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको