उकालो लाग्न थालेको सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी
उकालो लाग्न थालेको सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । शुक्रबार पनि सुनको भाउ बढेर तोलाको ५८ हजार ९ सय रुपैंया पुगेको छ । बिहीबार सुन ५८ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो । अघिल्लो दिन बुधबार सुनको मूल्य ५८ हजार ५० रुपैंया थियो । बुधबार नयाँ रेकर्ड बनाएको सुनको भाऊले बिहीबार पनि रेकर्ड तोड्यो । शुक्रबार पनि बिहीबारको रेकर्ड तोडेर भाऊ अहिलेसम्मै उच्च बिन्दूमा पुगेको छ । चाँदी पनि यसैगरी बढ्दै गएको छ । चाँदीको भाऊ शुक्रबार तोलाको ११ सय रुपैंया छ ।
0 comments