नयाँ कीर्तिमान थप्दै बुधबार सुन तोलाको ५८ हजार ५० रुपियाँ पुग्यो
.jpg)
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिसँगै नेपाली बजारमा माग बढेपछि भाउ आकासिएको हो। अहिले अन्तर्राष्ट्रिय बजारमै भाऊ बढेकोले त्यसको असर नेपाली बजारमा पनि परेको संघले जनाएको छ । संघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार सात वर्षदेखि अन्तर्राष्ट्रिय बजार बढिरहेको छ । सुरक्षित लगानी क्षेत्र मानिने सुनमा माग बढेपछि स्वतः भाउ बढ्छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले पनि सुनको भाउलाई असर गर्छ । किनकी तेलको भाऊ बढ्दा सुन उत्पादनको लागत बढ्छ ।
अमेरिकाको न्यूयोर्कमा रहेको कोमेक्स हाउसको मूल्यको आधारमा स्थानीय बजारमा सुनको मुल्य निर्धारण हुन्छ । त्यहाँको मूल्य, भन्सार शुल्क र बैंक तथा व्यवसायीले लिने कमिशन जोडेर स्थानीय मूल्य निर्धारण गर्ने गरिएको संघको भनाई छ ।
0 comments