नेपाल आइडलको छनौट चरण असोज १ गते हेटौंडामा
गायन प्रतियोगिता नेपाल आइडलको छनौट चरण(अडिसन)हेटौंडामा यही असोज १ गते हुने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनगरि यस्तो जानकारी दिईएको हो । रेड लाईट ईन्टरटेनमेन्ट प्रालि काठमाडौंले आयोजना गर्ने प्रतियोगिताको अडिसन हेटौंडामा गर्न लागिएको बजार व्यवस्थापक बिश्वास रुपाखेतीले जानकारी दिनुभयो ।
११ शहरमा गरिने अडिसन दमक, ईलाम, धुलाबारी, बिराटनगरमा भईसकेको र धरानमा भईरहेको बताईएको छ । प्रतियोगिताको अडिसन असोज ३ गते नारायणगढ, ६ गते बुटवल, १४ र १५ गते पोखरा, १९ गते बनेपा र २३, २४ र २५ गते काठमाडौंमा हुने बजार व्यवस्थापक रुपाखेतीले जानकारी दिनुभयो । प्रथम चरणमा सहभागि करिब तीन जनामध्ये उत्कृष्टलाई काठमाडौंमा हुने प्रतिष्पर्धामा सहभागि गराईने रेड लाईट ईन्टरटेनमेन्टले जनाएको छ । प्रतियोगितामा प्रथमलाई नगद एक लाखसहित पाँच लाख बराबरको म्यूजिक एल्बम बनाउँने अबसर र फिल्ममा गित गाउने अबसर पाउँने छन् । त्यस्तै, दोश्रालाई ५० हजार, तेश्रालाई २५ हजारसहित फिल्ममा गित गाउने अबसर पाउँने बताईएको छ । प्रतियोगिताको उत्कृष्ट दशमा पर्न सफलहरुको म्यूजिक एल्बम र म्यूजिक भिडियो निर्माण गर्नेपनि बताईएको छ । पप गायक निमा रुम्बा, दिप श्रेष्ठ लगाएतले निर्णायकको भुमिका निर्बाह गर्ने प्रतियोगिता एनटिभी प्लसबाट प्रशारण गरिने बताईएको छ ।
nepalsambad.com
0 comments