महिला संघको बिरोधपत्र संगै प्रशासनमा धर्ना
पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारीलगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको विरोध गर्दै महिलाको एक समूहले आज जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन्। जिल्ला प्रशासन कार्यालयको धर्नाका कारण केही समय सो क्षेत्रको यतायात अवरुद्ध बन्यो।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घमा आबद्ध महिलाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा सर्वदलीय सहमतीय राष्ट्रिय सरकारको माग गर्दै बिहान ११ बजेदेखि १२ बजेसम्म बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयको ढोकामा धर्ना दिएका हुन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले मुलुकमा भइरहेको मूल्यवृद्धि रोक्नका लागि अनुगमनको आवश्यकता परेको औंल्याए।
सङ्घका अध्यक्ष रत्न गुरुङले देशका विभिन्न स्थानमा भइरहेको हत्या, हिंसा र भ्रष्टाचारलाई वर्तमान सरकारले बढावा दिएको आरोप लगाइन्।त्यसै गरी राष्ट्रिय कार्यक्रम अनुसार अखिल नेपाल महिला संघ मकवानपुरलेपनि जिल्ला प्रशासन कार्यालय मार्फत् बिरोधपत्र पठाएका छन् ।
अखिल नेपाल महिला संघकी मकवानपुर अध्यक्ष गायत्री सुबेदीले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई पत्र बुझाउनु भएको थियो । अराजकता, असुरक्षा, भष्ट्राचार र महङ्गीले सीमा नाघेकोले तत्काल नियन्त्रणगरि जनतालाई अबिलम्व राहत पु¥याउन संघले माग गरेको छ । मुलुकको महङ्गी लगाएत अराजकता, असुरक्षा, भष्ट्राचार मौलाउनुको मुल कारण राजनितिक अस्थिरता भएको भन्दै संघले राजनितिक पार्टीहरुसँग सहमतिगरि छिटो भन्दा छिटो संवैधानिक र राजनितिक निकास दिनपनि माग गरेको छ ।
फोटो: nepalsambad.com
0 comments