चलचित्र 'रक्षा' को पोस्टरप्रति आपत्ति
नायिका पूजना प्रधानले हालै जारी गरिएको चलचित्र 'रक्षा' को पोस्टरप्रति आपत्ति जनाएकी छिन्। निर्देशक राजु गिरीले चलचित्रको पोस्टरमा आफ्नो नग्न तस्बिर राखेको भन्दै पूजनाले विरोध गरेकी हुन्। आफ्नो टाउकोमा अर्कै युवतीको नग्न तस्बिर राखेर पोस्टर बनाएकोमा पूजनाले आपत्ति जनाएको बताइन्छ। पोस्टरमा राखिएको तस्बिर आफ्नो नभएको पूजनाको दाबी छ। यही चलचित्रमा बेड सिन दिएर यसअघि नै चचार् मा आइसकेकी पूजनाले यस किसिमको गलत काम भए स्क्यान्डल ल्याउन खोजे आफूले प्रहरी प्रशासनको सहारासमेत लिने बताएकी छिन्। निर्देशक गिरीले भने नायिकाको चरित्र हत्या गर्न नखोजेको र आगामी दिनमा सभ्य पोस्टरहरू निर्माण गर्ने बताए।
saptahik
0 comments