भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ


                     प्रतिबन्धित भारतीय एक हजार र पाँच सय दरको रुपैयाँसहित सिरहा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वडा प्रहरी लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाका अनुसार भारतबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा शनिबार राति सिरहाको इनरुवा(८ बाट बी।आर। ४३( बी।२९६० नम्वरको मोटर  साइकलसहित भारत बिहारको साहरसाका ३० वर्षीय विशाल यादव र २६ वर्षीय अशोक यादवलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिवन्धित पाँच सय र एक हजार दरका भारतीय ४ लाख ४४ हजार रुपैयाँ बरामद गरेको हो ।
उनीहरुको साथबाट एक हजार दरको एक सय थान, पाँच सय दरको ६ सय ८६ थान र एक सय दरको १४ थान गरी चार लाख ४४ हजार ४ सय नोट बरामद भएको हो । भारतीय नोटसहित उनीहरुको साथबाट एक सय ग्राम खैरो धुलो समेत बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट मालसामान खरिद गर्ने र अन्य कामका जानेहरुले अहिले एक सयको एक सय ६० रुपैयाँ विनिमय दर भएपनि दलालहरुसँग साट्दा नेपाली बजारमा १ सय ६८ रुपैयाँसम्म लिने गरेको छ ।सिरहाको लहान, गोलबजार, मिर्चैया तथा सीमानामा जोडिएका बजारहरुमा दलालहरुले बढी मूल्यमा भारतीय रुपैयाको कारोबार गर्दै आएका छन् । भारतीय रुपैयाँ कारोवारका लागि भारतबाट त्यसरी रुपैया भित्रीएको हुन सक्ने व्यवसायीहरुको भनाइ छ ।












ekantipur.com

,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको