भुकम्पीय जोखिमबारे थाहा पाउन सकिने सफ्टवेयर पहिलो पटक नेपालमा
भुकम्पीय जोखिमबारे थाहा पाउन सकिने सफ्टवेयर पहिलो पटक नेपालमा भित्रिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग र युएन ह्याविट्याटको आयोजनामा आज बिहान काठमाडौमा भएको कार्यक्रममा सफ्टवेयर सार्वजनिक गरिएको हो । सफ्टवेयर मार्फत नेपालका विद्यालय र अस्पतालमा भुकम्पीय सुरक्षा कतिको छ भनेर थाहा पाउन सकिने विभागले जनाएको छ । विद्यालय र अस्पतालामा बढी भिडभाड हुने भएकाले जोखिम न्यूनीकरणका लागि सफ्टवेयर लागु गरिएको हो । यो सफ्ट्वेयर विभागको कार्यालय मार्फत निःशुल्क रुपमा पाउन सकिन्छ ।
0 comments