लण्डनको निर्माणाधिन एक अग्लोघर माथिको क्रेनमा हेलिकप्टर ठोक्किंदा पाइलटसहित दुई जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । बाक्लो हुस्सुका कारण मध्य लण्डनको निर्माणाधिन सेन्ट जर्ज वार्फ टावरमाथि राखिएको क्रेनमा बुधबार बिहान हेलिकप्टर ठोक्किएको हो ।स्थानीय समयअनुसार बिहान ८ बजे हेलिकप्टर क्षतिग्रस्त भई भुँईमा खसेको थियो । ससेक्सथिस्त एयरपोर्टबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना भएको हो ।लण्डन प्रहरीले दुर्घटनाको कारण हुस्सु भएको जनाएको छ | हेलिकप्टर ठोक्किएको क्रेन पनि ढल्ने अवस्थामा भएकाले दुर्घटना क्षेत्र वरपर प्रहरीले सतर्कता बढाएको छ ।
0 comments