आफ्नै ९ बर्षीया छोरीलाई जवरजस्ती गर्ने पक्राउ

आफ्नै ९ बर्षीया झड्केली छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा गोठाटार-६ डेरा गरी बस्ने खोटाङ जिल्ला सतेश्वर-७ घर भएका ३० बर्षीय जंगबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ।राईले गत पुस २८ गते ती बालिकालाई जवरजस्ती करणी गरेको भनी बालिकाको आमाले माघ २ गते महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दिएपछि खटिएको प्रहरीले निज राईलाई पक्राउ गरेको हो। बालिकालाई स्वास्थ्य परिक्षणको लागि प्रसुती गृह थापाथली र निज राईलाई स्वास्थ्य परिक्षणको लागि बीर अस्पताल लगिएको छ।
0 comments