वाइसिएलका कार्यकर्ताले पत्रकारलाई सिध्याउने धम्की
एमाओवादीको जिल्ला सम्मेलनमा वाइसिएलका कार्यकर्ताले पत्रकारलाई खोजी–खोजी आक्रमण गरेको समाचार लेखेको भन्दै वाइसिएलका कार्यकर्ताले दुई पत्रकारलाई धम्की दिएका छन् ।नेपाल पत्रकार महासंघ काभ्रेका सचिव, सौर्य दैनिकका सहकर्मी, चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतिराम तिमल्सिना र कान्तिपुर दैनिकका काभ्रे संवाददाता मनोज बस्नेतलाई वाइसिएलका कार्यकर्ताले धम्की दिएका हुन् । ‘तिमल्सिनालाई मंगलबार बनेपामा आक्रमण
गर्यौँ, भोलि पनि सिध्याइदिन्छु भन्दै धम्क्याए,’ तिमल्सिनाले भने । वाइसिएलका कार्यकर्ताले काभ्रे र काठमाडौंमा समेत जिल्लाका पत्रकारमाथि आक्रमण गर्ने योजना बनाइरहेका सूचना बुधबार पत्रकारका मोबाइलमा आइरहे ।असुरक्षित भएको महसुस गर्दै पत्रकारहरूले बुधबार दिउँसो सिडिओ ऋषिराम ढकाललाई शान्ति सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । पत्रकारहरूले मंगलबार कुटिएका पत्रकारहरूको उपचार, लुटिएका सञ्चारसामग्री फिर्ता तथा क्षतिपूर्ति तथा आक्रमणमा संलग्न वाइसिएलका कार्यकर्तालाई कारबाही माग गरेका छन् । souryadaily.com मा दैनिकमा खबर छ

0 comments