दोहोरो रजिस्ट्रेसन भए परीक्षा परीक्षा दिन नपाउने

 काठमाडौं, माघ १९--
उच्चशिक्षामा छात्रवृत्ति पाउने आशामा कतिपय निजी  विद्यालयमा पढ्ने विद्यार्थीहरूले सरकारी विद्यालयबाट एसएलसी परीक्षामा दोहोरो रजिस्ट्रेसन गरेको पाइए त्यस्ता विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन्। 
त्यस्ता विद्यार्थीहरूले चालु वर्षका लागि गरेको रजिस्ट्रेसन स्वतः रद्द हुने व्यवस्था परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गरेको छ। 'एसएलसी परीक्षाको तयारी'बारे  शिक्षा पत्रकार समूहद्वारा आयोजित छलफल कार्यक्रममा परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका दोस्रो संशोधन गरी नयाँ व्यवस्था गरिएको जानकारी दिए। गत वर्ष दुई हजार ८०० विद्यार्थीको दोहोरो रजिस्ट्रेसन देखिएको थियो।
यस वर्ष त्यस्तो रजिस्ट्रेसन भए/नभएको बारेमा अध्ययन भइरहेको भन्दै उपनियन्त्रक अर्यालले सो कार्यमा संलग्न विद्यालय र सम्बन्धित कर्मचारीलाई पनि कारवाही हुने बताए।  उनका अनुसार त्यस्ता विद्यार्थीले रु. सात सय तिरेर सिधै नियन्त्रण कार्यालयमा उत्तरपुस्तिका हेर्न पाउँ भनी निवेदन दिन सक्नेछन्। 
शिक्षाविद् डा तीर्थ खनियाँले परीक्षालाई प्राविधिक र प्रशासनिक बनाइएको टिप्पणी गर्दै गेसपेपर प्रतिबन्ध गरेर नियन्त्रण गर्नेतिरभन्दा मौलिक उस्तै खालको प्रश्‍नपत्र निर्माणको साटो चिट चोर्न नसके गरी प्रश्नपत्र बनाउन बनाउन सुझाव दिए।

, ,

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको