प्रेमी कै मिलेमतोमा आफू बलात्कृत भएको आरोप लगाउँदै प्रेमिका द्वारा प्रहरीमा किटानी जाहेरी
.jpg)
उनीहरु दुईबीच प्रेम सम्बन्ध चल्दै आएको लामो समय भइसकेको छ । युवतीले पुस २७ गते राती नशालु पदार्थ खुवाएर नगरकोटको भ्यू होटलमा प्रेमीको साथी श्रेष्ठले आफु माथि बलात्कार गरेको आरोप लगाएकी छिन । भ्यू होटल जिल्लाको नाल्दुम बालुवापार्टी देउपुर गाविस भित्र पर्दछ ।प्रेमीको मिलेमतोमा उसको साथीले आफुलाई बलात्कार गरेको आरोप युवतीले लगाएकी छिन्,प्रहरी नायव उपरीक्षक कृष्णजी अधिकारीले ईकान्तिपुरसँग भने, ुपक्राउ परेका दुईसँग बयान लिएपछि थप कुरा थाहा हुनेछ । इलाका प्रहरी कार्यालय बनेपाबाट घटनाको अनुसन्धान थालेको उनले बताए ।
प्रेमीकै योजनामा आफु बलात्कृत भएको आरोप पीडित युवतीको छ । उनले प्रेमी सहित बलात्कार गर्ने श्रेष्ठलाई कडा कारवाहीको माग गरेकी छिन् ।
0 comments